बढी शुल्क फिर्ता नगर्ने मेडिकल कलेज खारेजीको माग « Khabarhub

बढी शुल्क फिर्ता नगर्ने मेडिकल कलेज खारेजीको माग


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले तोकेको भन्दा बढी शुल्क लिने मेडिकल कलेजको खारेजीको माग गर्दै युवा चिकित्सकहरु चिकित्सा शिक्षा आयोगमा पुगेका छन् ।

युवा चिकित्सकहरुको छाता संगठन युवा चिकित्सक संघले शुक्रबार आयोगका उपाध्यक्ष श्रीकृृष्ण गिरीलाई ज्ञापन पत्र बुझाउँदै सरकारले तोकेको भन्दा बढी शुल्क लिएर फिर्ता नगर्ने मेडिकल कलेजको सम्बन्धन खारेजीको माग गरेका हुन् ।

युवा चिकित्सकले युनिर्भसल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेज र नेशनल मेडिकल कलेजको सम्बन्धन तत्काल खारेजी गर्न माग गरेका हुन् ।

चिकित्सकहले मेडिकल विद्यार्थीको समस्या समाधान गर्न नेपाल मेडिकल काउन्सिल मौन रहेको भन्दै काउन्सिलमा तालाबन्दी समेत गरेका छन् । उनीहरुले मेडिकल विद्यार्थीहरुको समस्या समाधान नभएसम्म काउन्सिलको ताला खोल्न नदिने जनाएका छन् ।

मेडिकल कलेजहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएर सरकारले नै फिर्ता गर्न निर्देशन दिदा समेत शुल्क फिर्ता नगरेपछि आफुहरुले मेडिकल कलेज नै खारेज हुनुपर्ने माग राखेको संघका अध्यक्ष डाक्टर चेतन वस्नेतले बताए ।

‘हामीले शुल्क फिर्ताको माग गर्दा बिद्यार्थीहरुलाई थुन्ने, निजी मेडिकल कलेजहरुले सरकारको निर्देशन नियम नै नमान्ने हो भने तीनको अस्तित्व किन रहनुप¥यो ?’ संघका अध्यक्ष बस्नेतले भने, ‘त्यसैले यी मेडिकल कलेजहरुको सम्बन्धन खारेज गरेर सरकारले नै जिम्मा लिनुपर्छ भनेर हामीले आयोगमा विज्ञप्ति दिएका छौं ।’

मेडिकल शिक्षाको शुल्कको विषयलाई लिएर मेडिकल विद्यार्थीहरु लामो समयदेखि आन्दोलनमा छन् ।

यसअघि सरकारले मेडिकल बिद्यार्थीसँग सरकारले तोकेको भन्दा बढी शुल्क लिने मेडिकल कलेजहरुलाई एक महिनाभित्र शुल्क फिर्ता गर्न निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेज सञ्चालकहरुले भने सरकारले तोकेको शुल्कमा पढाउन नसक्ने भन्दै नयाँ शैक्षिक शत्रमा विद्यार्थी नै भर्ना नलिने चेतावनी दिएका छन् ।

यस्ताे छ आयोगमा बुझाएको विज्ञप्ति

 

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ७ : १४ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका