बढी शुल्क फिर्ता नगर्ने मेडिकल कलेज खारेजीको माग | Khabarhub Khabarhub

बढी शुल्क फिर्ता नगर्ने मेडिकल कलेज खारेजीको माग


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सरकारले तोकेको भन्दा बढी शुल्क लिने मेडिकल कलेजको खारेजीको माग गर्दै युवा चिकित्सकहरु चिकित्सा शिक्षा आयोगमा पुगेका छन् ।

युवा चिकित्सकहरुको छाता संगठन युवा चिकित्सक संघले शुक्रबार आयोगका उपाध्यक्ष श्रीकृृष्ण गिरीलाई ज्ञापन पत्र बुझाउँदै सरकारले तोकेको भन्दा बढी शुल्क लिएर फिर्ता नगर्ने मेडिकल कलेजको सम्बन्धन खारेजीको माग गरेका हुन् ।

युवा चिकित्सकले युनिर्भसल मेडिकल कलेज, गण्डकी मेडिकल कलेज, चितवन मेडिकल कलेज र नेशनल मेडिकल कलेजको सम्बन्धन तत्काल खारेजी गर्न माग गरेका हुन् ।

चिकित्सकहले मेडिकल विद्यार्थीको समस्या समाधान गर्न नेपाल मेडिकल काउन्सिल मौन रहेको भन्दै काउन्सिलमा तालाबन्दी समेत गरेका छन् । उनीहरुले मेडिकल विद्यार्थीहरुको समस्या समाधान नभएसम्म काउन्सिलको ताला खोल्न नदिने जनाएका छन् ।

मेडिकल कलेजहरुले सरकारले तोकेको भन्दा बढी शुल्क लिएर सरकारले नै फिर्ता गर्न निर्देशन दिदा समेत शुल्क फिर्ता नगरेपछि आफुहरुले मेडिकल कलेज नै खारेज हुनुपर्ने माग राखेको संघका अध्यक्ष डाक्टर चेतन वस्नेतले बताए ।

‘हामीले शुल्क फिर्ताको माग गर्दा बिद्यार्थीहरुलाई थुन्ने, निजी मेडिकल कलेजहरुले सरकारको निर्देशन नियम नै नमान्ने हो भने तीनको अस्तित्व किन रहनुप¥यो ?’ संघका अध्यक्ष बस्नेतले भने, ‘त्यसैले यी मेडिकल कलेजहरुको सम्बन्धन खारेज गरेर सरकारले नै जिम्मा लिनुपर्छ भनेर हामीले आयोगमा विज्ञप्ति दिएका छौं ।’

मेडिकल शिक्षाको शुल्कको विषयलाई लिएर मेडिकल विद्यार्थीहरु लामो समयदेखि आन्दोलनमा छन् ।

यसअघि सरकारले मेडिकल बिद्यार्थीसँग सरकारले तोकेको भन्दा बढी शुल्क लिने मेडिकल कलेजहरुलाई एक महिनाभित्र शुल्क फिर्ता गर्न निर्देशन दिएको थियो । तर निजी मेडिकल कलेज सञ्चालकहरुले भने सरकारले तोकेको शुल्कमा पढाउन नसक्ने भन्दै नयाँ शैक्षिक शत्रमा विद्यार्थी नै भर्ना नलिने चेतावनी दिएका छन् ।

यस्ताे छ आयोगमा बुझाएको विज्ञप्ति

 

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ७ : १४ बजे

आमरण अनसन बसेका मेयर अस्पताल भर्ना (तस्बिरहरू)

काठमाडौं– स्वास्थ्यमा समस्या देखिएपछि अनसनरत दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाका मेयर तीर्थराज

भारतलाई २५ प्रतिशत कर थोपरेकै दिन ट्रम्पले गरे पाकिस्तानसँग तेल उत्खनन सम्झौताको घोषणा

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतलाई २५ प्रतिशत अतिरिक्त कर

मन्त्रिपरिषद् हेरफेरको तयारी, कांग्रेस नेतृत्वसँग छलफल सकेर निर्णय लिइने

काठमाडौं- सात दलीय गठबन्धन सरकार बनेको एक वर्षपछि प्रधानमन्त्री केपी

भत्ता खाने नागरिक खोज्दै शहर पस्यो महावै गाउँपालिका

सुर्खेत– कालीकोटको महावै गाउँपालिकाले शहर पसेका भत्ता खाने नागरिक खोजी गरेको

बत्ती बाल्ने प्लकमा तार जोड्दा करेन्ट लागेर एक जनाको मृत्यु

सिराहा– सिरहा नगरपालिका-१० नरहिया बस्ने ४५ वर्षीया सबिता कामतीको करेन्ट लागेर बुधबार