अपडेटः दाङको चिसापानीमा ट्याक्टर दुर्घटना, ३ जनाको मृत्यु | Khabarhub Khabarhub

अपडेटः दाङको चिसापानीमा ट्याक्टर दुर्घटना, ३ जनाको मृत्यु


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दाङ– दाङको चिसापानीमा ट्याक्टर दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको छ ।

दाङको गढवा गाउँपालिका–६ मनिकापुरबाट वनभोज खाएर चिसापानीबाट फर्कने क्रममा रा १ त २३९३ नम्बरको ट्याक्टरको ट्रली पल्टिँदा तीन जनाको मृत्यु भएको हो ।

शुक्रबार साँझ भएको दुर्घटनामा परी मृत्यु हुनेमा गढवा–६ मनिकापुर निवासी टीका पुनकी ११ वर्षीया छोरी निनु पुन, सोही ठाउँका कमल परियारकी १२ वर्षीया छोरी सीमा परियार र टीकाराम पुनकी १२ वर्षीया छोरी सुनिता पुन मगर रहेको प्रहरीले जनाएको छ ।

ट्याक्टरमा सवार २६ जना नै घाइते भएका र घाइते सबैलाई स्वास्थ्यचौकी गढवा र लमही अस्पतालमा उपचारका लागि लगिएकामा गढवाचौकीमा उपचारका क्रममा तीनको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी अन्य चारजना गम्भीर र १९ सामान्य घाइते भएका छन् । तिहारमा खेलेको भैलोबाट सङ्कलन भएको पैसाले उनीहरु वनभोज खान गएका थिए ।

वनभोज खाएर फर्कने क्रममा कोइलावास सडकको चिसापानी नजिकै सो दुर्घटना भएको हो । ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ७ : ४० बजे

वीरगञ्जमा ९३ जनामा हैजा पुष्टि

वीरगञ्ज– पर्साको वीरगञ्ज महानगरमा सोमबार साँझसम्म हैजाबाट सङ्क्रमित हुनेको सङ्ख्या

टाइगर श्रफको ‘बागी ४’ ट्रेलर प्रदर्शन मिति सार्वजनिक

काठमाडौं- सन् २०१६ मा “बागी” फिल्ममार्फत ‘रोनी’ बनेका अभिनेता टाइगर

पशुपतिनाथ मन्दिरमा बिहान ३ बजेदेखि चारवटै ढोका खुला

काठमाडौं – हरितालिका (तीज) पर्वमा पशुपतिनाथको दर्शन गर्न आउने भक्तजनका

भियतनामका उपराष्ट्रपति सुआन स्वदेश फिर्ता

काठमाडौं – समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआन

मंगलबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमय