खसी नपाएको झोकमा डीएसपी शाहीले तरुणदलका नेताहरुलाई पेस्तोल प्रकरणमा फसाउनै खोजेका हुन् त ? « Khabarhub

खसी नपाएको झोकमा डीएसपी शाहीले तरुणदलका नेताहरुलाई पेस्तोल प्रकरणमा फसाउनै खोजेका हुन् त ?


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेस निकट नेपाल तरुण दलका नेपालगञ्ज नगर अध्यक्ष सन्दीपजंग शाहसहित ६ जना पेस्तोलसहित पक्राउ परेको विषयले नयाँ मोड लिएको छ ।

विभिन्न अनलाइन मिडिया तथा सामाजिक सञ्जालमा भाइरल बनेको अडियो तथा भिडियोले घटनामा प्रहरीकै संलग्नता रहेको आशंका उब्जिएको छ ।

घटनमा प्रहरी नायब उपरीक्षक (डिएसपी) हेमबहादुर शाहीको संलग्नता रहेको विवादास्पद अडियो तथा भिडियोले सार्वजनिक भएको छ ।

डीएसपी शाही केही महिना अघि मात्र सरुवा भएर कोहलपुर पुगेका थिए ।

नेपालगञ्जमा ठेक्का व्यवसाय गर्ने तरूण दलका बाँके कोषाध्यक्षसमेत रहेका केशर खड्का, उनका बिजनेश पार्टनर सन्दीपजंग शाह र डिएसपी शाहीबीचको शुरुमा सम्बन्ध निकै घनिष्ठ थियो ।

दशैंमा खसी नपाएपछि क्षणभरमै उनीहरुको सम्बन्ध दुश्मनीमा परिणत भएको सार्वजनिक अडियो तथा भिडियोले देखाएको छ । यसका भित्री पाटा विस्तारै खुल्दै जालान् । घटनाका विषयमा प्रहरीले समेत अनुसन्धान जारी रहेको बताएको छ ।

शुक्रबार सार्वजनिक भएको भिडियो तथा अडियोमा उनीहरुबीच शुरुमा सौहार्दपूर्ण तबरले फोन संवाद भएको सुनिन्छ । डीएसपी शाहीले दशैंमा खसे मागेको कुरा फोन संवादमा स्पष्ट हुन्छ । कोषाध्यक्ष खड्काले पनि खसी आजै पठाइदिऊ कि भोलि सम्म दिउ भनेका छन् । तर, उनले खसी नदिएपछि सम्बन्ध दुश्मनीमा परिण भएको फोन संवादले देखाउँछ

पेस्तोल प्रकरणसम्म आइपुग्दा उनीहरुबीचको सम्बन्ध विग्रदै गएको बुझिएको छ । डीएसपी शाहीसँग तरुणदलका नेताबीचको सम्बन्ध दुश्मनीमा परिणत भएको अडियोले स्पष्ट भएको छ।

घटनाका विषयमा तरुणदलले आफ्ना नेता तथा कार्यकर्तालाई सुनियोजित ढंगबाट फसाउन खोजेको आरोप लगाएको छ । विहीबार राति प्रहरले तरुण दल नगर अध्यक्ष शाह सहित ६ जनालाई निजी गाडीमा पेस्तोल लुकाइ रहेको अवस्थामा लोड गरिएको अमेरिकन पेस्तोल फेला पारेपछि उनीहरुलाई पक्राउ गरेको थियो ।

घटनाका विषयमा तरुण दलका अध्यक्ष जितजंग बस्नेतले नागरिकलाई फसाउँने षडयन्त्र गर्ने प्रहरी अधिकारीहरुमाथि छानबिन हुनुपर्ने माग गरेका छन्। सामाजिक सञ्जालमा भाइरल बनेको भिडियोमा डीएसपी शाहीले अर्का प्रहरीलाई अपशब्द बोलेको पनि स्पष्ट सुन्न सकिन्छ । घटनामा प्रहरीकै संलग्नता भएको आरोप लगाउँदै तरुण दलले गाडीमा फेला पारिएको भनिएको पेस्तोलको फिंगर प्रिन्ट जाँचको माग गरेको छ।

तरुण दल बाँकेका कोषाध्यक्ष केशर खड्कासँग डीएसपी शाहीले दशैको बडाभोज गर्न खसी मागेका थिए । खसी नदिइएपछि डीएसपी शाहीले फसाउनका लागि यस्तो प्रपञ्च रहेको तरुण दलको आरोप छ । डीएसपी शाहीले तरुण दलका जिल्ला नेतृत्वलाई ‘टार्गेट’ गरी फसाउँने योजना बनाएको तरुण दलको आरोप लगाएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ७ : ०९ बजे

हाँडेभिर-बगरफाँट-भकिम्ली सडक स्तरोन्नति गरिँदै

गलेश्वर– ट्र्याक खुलेको १८ वर्षपछि हाँडेभिर-बगरफाँट-दुधेखोला हुँदै भकिम्ली जोड्ने सडकखण्डको

बगदादस्थित अमेरिकी दूतावासमा आक्रमण

बग्दाद– इराकको राजधानी बगदादस्थित अमेरिकी दूतावासमा शनिबार आक्रमण भएको सुरक्षा

प्रधानमन्त्री कप क्रिकेटका लागि सुदूरपश्चिमको प्रारम्भिक टोली घोषणा

सुदूरपश्चिम– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट खेल्नका लागि सुदूरपश्चिम प्रदेशको

गोदावरीका अतिक्रमित संरचना हटाउन सुरु

गोदावरी– कैलालीको गोदावरी नगरपालिका-२ स्थित दुर्गालक्ष्मी सामुदायिक वन क्षेत्रमा अतिक्रमण