चक्कु प्रहारबाट घाइतेको उपचारका क्रममा मृत्यु « Khabarhub

चक्कु प्रहारबाट घाइतेको उपचारका क्रममा मृत्यु


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सुर्खेत- यही कात्तिक १२ गते दिपावलीकै दिन चक्कु प्रहारबाट गम्भीर घाइते वीरेन्द्रनगर नगरपालिका– १० का ३० वर्षीय चन्दन रानाको उपचारका क्रममा मृत्यु भएको छ ।

रानाको उपचारका क्रममा बिहीबार बेलुका भारतको लखनउमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक रवि रावलले जानकारी दिए ।  दिपावलीका दिनमा सुर्खेत दीपनगरमा भैली खेलिरहेका समयमा सोही वडा निवासी २९ वर्षीय निर्मल सोनी, १९ वर्षीय केशव खनाल र २२ वर्षीय प्रेम गुरुङले पछाडिबाट टाउकोमा चक्कु प्रहारगरी सख्त घाइते बनाएको उनले बताए ।

प्रवक्ता रावलका अनुसार घाइते रानालाई उपचारका लागि कर्णाली प्रदेश अस्पताल सुर्खेत लगिए पनि अस्पतालले नेपालगञ्ज सिफारिस गरेको थियो । नेपालगञ्ज पनि उपचार हुन नसकेपछि रानाका आफन्तले थप उपचारका लागि लखनउ लगेका थिए ।

रानालाई चक्कु प्रहार गर्ने खनाल र गुरुङलाई प्रहरीले पक्राउ गरिसकेको छ । प्रहरीका अनुसार फरार सोनीको खोजतलास कार्यलाई तीव्र बनाइएको छ ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ८ : १५ बजे

लागूऔषधसहित सात जना पक्राउ

बाँके– प्रहरीले बाँकेका दुई अलग–अलग स्थानबाट ६३ दशमलव ८९ ग्राम

भोटेकोशी बाढी : जुम्लाका ६३ जना अझै सम्पर्कविहीन

जुम्ला– भोटेकोशीमा बाढीमा परेर जुम्लाका ६३ जना अझै सम्पर्कविहीन रहेका

आज विश्वकर्मा पूजा र वास्तु दिवस मनाइँदै

काठमाडौँ – कालिगढले आज विश्वकर्माको पूजाआराधना गरी वास्तु दिवस एवम्

प्रतिनिधिसभाको बैठक बस्दै : के छ कार्यसूची ?

काठमाडौँ – सङ्घीय संसद्, प्रतिनिधिसभाको बैठक आज बस्दैछ । अपराह्न

बिहीबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैङ्कले बिहीबारका लागि विदेशी मुद्राको विनिमयदर