तीन बुँदे सहमतिपछि कारागारको ताला खुल्यो | Khabarhub Khabarhub

तीन बुँदे सहमतिपछि कारागारको ताला खुल्यो


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बाँके- बाँके कारागारका कैदीबन्दीले गेटमा लगाएकाे तालाबन्दी शुक्रबार खोलिएको छ ।

प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्का, प्रहरी प्रमुख प्रहरी उपरीक्षक वीरबहादुर ओली, मानवअधिकारकर्मी र पत्रकारको उपस्थितिमा भएको तीन बुँदे सहमतिपछि कैदीबन्दीले गेटमा लगाएको ताला खोलेका हुन् ।

छलफलमा सहभागी मानवअधिकारकर्मी वसन्त गौतमका अनुसार, जेलर भरतराज पाण्डेको सरुवा, चौकीदार भरत फडेरालाई पदमुक्त र कैदीबन्दीले उठाएका अनियमिता सम्बन्धी विषयको छानबीन गर्ने सहमति भएको छ ।

कारागारका कैदीबन्दीले कारागारका जेलर, चौकीदार र नाइकेले आफूहरुलाई आर्थिक तथा शारीरिक शोषण गरेको भन्दै बिहीबारदेखि भित्री गेटमा तालाबन्दी गरी आन्दोलन गरेका थिए ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ८ : ३६ बजे

व्रत, संयम र आत्मअनुशासनसँग तीज पर्व जोडिएको छ :  प्रधानमन्त्री

काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले हरितालिका (तीज)को अवसरमा सबै दिदीबहिनीहरूलाई

तीजले हाम्रो संस्कृतिक पहिचानलाई बजबुत बनाएको छ : सभापति देउवा

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुरले तीजले हाम्रो संस्कृतिक पहिचान

मृत्युको हल्ला फैलाउने व्यक्तिविरुद्ध रजा मुरादले दर्ता गरे एफआईआर

काठमाडौं – बलिउडका वरिष्ठ अभिनेता रजा मुरादले आफ्नो मृत्युको हल्ला

यस्तो बन्यो कबड्डी जोडी दयाहाङ र रिश्मा स्टारर ‘रिमै’को ट्रेलर

काठमाडौं – फिल्म ‘कबड्डी’को रिल जोडी दयाहाङ राई र रिश्मा

बङ्गलादेशमा रोहिङ्ग्याहरूको भविष्य अझै अनिश्चित

ढाका- म्यान्मारको राखाइन राज्यबाट भागेर सन् २०१७ मा बङ्गलादेश पुगेका