राष्ट्रपति भण्डारीबाट राष्ट्रिय पोषण अभियानको शुभारम्भ « Khabarhub

राष्ट्रपति भण्डारीबाट राष्ट्रिय पोषण अभियानको शुभारम्भ


१५ कार्तिक २०७६, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले राष्ट्रिय पोषण अभियानको शुभारम्भ गरेकी छन् ।

जन्मेको छ महिनादेखि २३ महिनासम्मका बालबालिका, गर्भवती आमा, प्रजनन उमेरका महिलालाई आवश्यक पर्ने पोषक तत्व खाद्यान्नमार्फत उपलब्ध गराउने ध्येयले पोषण अभियानको शुरुवात  गरिएको हो ।

राष्ट्रिय योजना आयोगद्वारा कार्यान्वयनमा रहेको दोस्रो बहुक्षेत्रीय पोषण कार्ययोजना (२०१८–२०२२)लाई थप सहयोग पु¥याउने अभियानको उद्देश्य रहेको छ ।

बालबालिकालाई पोषणयुक्त, स्वच्छ, पोषिलो आहार उपलब्ध गराई उनीहरुको समग्र जीवनलाई स्वस्थ्य बनाउने र बालबालिकाका अभिभावकलाई समेत आफ्ना बालबालिकालाई कस्तो आहार खुवाउनुपर्छ ? भन्ने जानकारी दिने काम अभियानले गर्नेछ ।

पहिलो चरणमा प्रदेश नं ५ बाट कार्यान्वयन हुने र सबै प्रदेशमा क्रमशः लागू गर्दै जाने अभियानले जनाएको छ । अभियान सरकारी र निजी क्षेत्रको सहकार्य तथा विल एण्ड मिलिण्डा गेट्स फाउण्डेशनको आर्थिक एवं प्राविधिक सहयोगमा सञ्चालन हुने जनाइएको छ ।

नेपालमा पछिल्लो समय कुपोषणका कारण हुने पुड्कोपनमा उल्लेखनीय सुधार आउन सकेको छैन । पाँच वर्षमुनिका बालबालिकामा सन् २००१ मा पुड्कोपन ५५ प्रतिशत रहेकामा सन् २०१६ मा ३६ प्रतिशतमा झरेको थियो ।

सन् २०३० सम्ममा पुड्कोपन १५ प्रतिशतमा झार्ने लक्ष्य लिइएको छ । यसैगरी प्रजनन उमेर समूहका २०–४९ उमेर समूहका ४८ प्रतिशत महिलाको २० वर्ष नपुग्दै विवाह हुने गर्दछ । सुत्केरी भएमा आमामध्ये ५० प्रतिशतले मात्र एक घण्टाभित्र शिशुलाई दूध चुसाउँदछन् ।

राष्ट्रपति कार्यालय शीतल निवासमा आज आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले अभियानको शुरुआत गर्दै नेपालले पोषणका क्षेत्रमा केही उपलब्धि हासिल गरे पनि अझै कुपोषणका कारण हुने विविध समस्यामा उल्लेखनीय सुधार आउन नसकेको बताइन् ।

उनले भनिन् “संविधान प्रदत्त बालबालिकाको शिक्षा, स्वास्थ्य पाउने मौलिक अधिकारको प्रभावकारी कार्यान्वयनमा सरकारको ध्यान जानुपर्छ ।”

उनले सन् २०३० को अन्त्यसम्म कुपोषण हटाउने सरकारको लक्ष्यलाई पूरा गर्न अभियानले सहयोग गर्ने विश्वास व्यक्त गर्दै बहुक्षेत्रीय पोषण योजनालाई प्रदेश र स्थानीय तहबीचको समन्वयमा अझ प्रभावकारी काम गर्नुपर्नेमा जोड दिइन् ।

सवल, सक्षम र समुन्नत नागरिक उत्पादन गर्न पोषणमा लगानी बढाउन आग्रह गर्दै राष्ट्रपति भण्डारीले बालबालिकाले समयमा पोषिलो आहार कसरी प्राप्त गर्न सक्दछन् भन्ने कुरामा अभिभावकले ध्यान दिनुपर्ने बताइन् ।

उनले नेपाल प्राकृतिक सम्पदाले भरिपूर्ण कृषिमा आधारित देश भएकाले खाद्यान्नमा आत्मनिर्भर हुन र जैविकखेती अपनाउन, पोषणयुक्त खाद्यान्न उपलब्ध गराउन तथा कुपोषण अन्त्यमा ध्यान दिन सरकारसित आग्रहसमेत गरिन् । आजका बालबालिका भविष्यका कर्णधार नागरिक हुने हुँदा सबैले पोषणमा ध्यान दिनुपर्नेमा जोड दिएकी थिइन् ।

समारोहमा प्रदेश नं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले पोषणका मापदण्डअनुसार खाद्यवस्तु उत्पादन भए कुपोषणका आधा समस्या समाधान हुने विचार व्यक्त गरे।

उनले परम्परागत खाद्यान्नलाई प्रोत्साहन र पत्रुखाना (जंक फुड)लाई निरुत्साहन गर्ने बानीमा सुधार ल्याउन आवश्यक रहेकामा जोड दिँदै पोषणका कार्यक्रमलाई प्रदेश सरकारले प्रमुख प्राथमिकतामा राखेको जानकारी गराए ।

प्रकाशित मिति : १५ कार्तिक २०७६, शुक्रबार  ९ : २५ बजे

हात्ती प्रजनन केन्द्रको निरीक्षण गर्दै मन्त्री चौधरीद्वारा सुधार र विकासमा जोड

चितवन– कृषि, वन तथा पर्यावरणमन्त्री गीता चौधरीले चितवनस्थित हात्ती प्रजनन

बझाङ जीप दुर्घटनाका पाँच गम्भीर घाइतेको सेनाद्वारा हेलिकप्टर उद्धार

काठमाडौं– बझाङको सुगुरे इलाकामा शनिबार भएको जीप दुर्घटनामा गम्भीर घाइते

एकै फिल्मबाट धेरैलाई डेब्यू गराउँदै रघुनाथ

काठमाडौं – पत्रकारिता पृष्ठभूमिका रघुनाथ सापकोटा फिल्म निर्माणमा होमिएका छन्

मनसुनजन्य विपद् न्यूनीकरणमा समन्वय तीव्र : प्राधिकरण

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मनसुनजन्य विपद्को

मधेश प्रदेशसभा : बजेटलगायतका समस्या समाधान गर्न कार्यदल गठन

जनकपुरधाम– मधेश प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८३/८४ को बजेटलगायतका विषयमा