पाकिस्तानद्वारा रिहा गरिएका पाइटललाई भारतमा स्वागत « Khabarhub

पाकिस्तानद्वारा रिहा गरिएका पाइटललाई भारतमा स्वागत


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेका भारतीय वायुसेनाका पाइलट विङ कमाण्डर अभिनन्दन वर्तमानलाई रिहा गरेको छ । अभिनन्दनलाई भारतीय शहर अमृतसरबाट ३५ किलोमिटर पश्चिममा रहेको वाघा–अटारी नाकाबाट पाकिस्तानी सीमा पार गराइएको हो ।

अभिनन्दनलाई  वाघा–अटारी सीमामा भारतीय वायुसेनाका वरिष्ठ सैनिक अधिकारीसहित ठूलो सङ्ख्यामा सर्वसाधारण तथा सञ्चारकर्मीले स्वागत गरेका छन् ।

अभिनन्दनको स्वदेश फिर्ताको कार्यक्रमलाई मध्यनजर गर्दै वाघा–अटारी नाकामा परम्परागत बिटिङ–रिट्रिट समारोह रद्द गरिएको  थियो भने त्यस क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको  थियो ।

गत बुधबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानी संसद्को संयुक्त अधिवेशनलाई सम्बोधन गर्दै शान्तिको संदेश दिनका लागि आफ्नो हिरासतमा रहेका भारतीय वायुसेनाका पाइलटलाई शुक्रबार रिहा गरिने घोषणा गरेका थिए ।

भारत प्रशासित कश्मीरको पुलावामामा ४० जनाभन्दा धेरै भारतीय अर्धसैनिकको ज्यान जानेगरी भएको आत्मघाती आक्रमणको बदलामा भारतले पाकिस्तानको सीमा पार गरी हवाई आक्रमण गरेपछि दुई मुुलुकबीचको सम्बन्ध खतरनाक स्तरमा पुगेको थियो । त्यसैक्रममा पाकिस्तानी सेनाले भारतीय वायुसेनाको रुसमा निर्मित मिग २१ विमान खसालेर पाइलटलाई हिरासतमा लिएको थियो । उनलाई पाकिस्तानी सेनाले स–सम्मान हिरासतमा राखेको र साथमा चिया पिउन दिएको भिडियो सार्वजनिक गरेको थियो ।

यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अभिनन्दनप्रति पूरै भारत गौरवान्वित भएको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री मोदीले तामिल नाडुको कन्याकुमारी शहरमा सम्बोधन गर्दै तामिल नाडुका अभिनन्दन प्रति सारा भारतलाई गौरव महसुस भइरहेको प्रतिक्रिया दिएका हुन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ७ : २७ बजे

निर्वाचन ६६ दिन बाँकी : उम्मेद्वारले कुन शीर्षकमा कति खर्च गर्न पाउँछन् ?

काठमाडौं – निर्वाचन आयोगले राष्ट्रियसभा सदस्य निर्वाचनका लागि खर्चको सीमा

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

आज २०८२ साल पुस १४ गते सोमबारको राशिफल

काठमाडौं – आज २०८२ साल पुस १४ गते सोमबार तदनुसार

रवि–बालेनले थाले कुलमानसँग ‘निर्णायक’ वार्ता

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र काठमाडौं