पाकिस्तानद्वारा रिहा गरिएका पाइटललाई भारतमा स्वागत « Khabarhub

पाकिस्तानद्वारा रिहा गरिएका पाइटललाई भारतमा स्वागत


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– पाकिस्तानले आफ्नो नियन्त्रणमा रहेका भारतीय वायुसेनाका पाइलट विङ कमाण्डर अभिनन्दन वर्तमानलाई रिहा गरेको छ । अभिनन्दनलाई भारतीय शहर अमृतसरबाट ३५ किलोमिटर पश्चिममा रहेको वाघा–अटारी नाकाबाट पाकिस्तानी सीमा पार गराइएको हो ।

अभिनन्दनलाई  वाघा–अटारी सीमामा भारतीय वायुसेनाका वरिष्ठ सैनिक अधिकारीसहित ठूलो सङ्ख्यामा सर्वसाधारण तथा सञ्चारकर्मीले स्वागत गरेका छन् ।

अभिनन्दनको स्वदेश फिर्ताको कार्यक्रमलाई मध्यनजर गर्दै वाघा–अटारी नाकामा परम्परागत बिटिङ–रिट्रिट समारोह रद्द गरिएको  थियो भने त्यस क्षेत्रमा उच्च सुरक्षा सतर्कता अपनाइएको  थियो ।

गत बुधबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पाकिस्तानी संसद्को संयुक्त अधिवेशनलाई सम्बोधन गर्दै शान्तिको संदेश दिनका लागि आफ्नो हिरासतमा रहेका भारतीय वायुसेनाका पाइलटलाई शुक्रबार रिहा गरिने घोषणा गरेका थिए ।

भारत प्रशासित कश्मीरको पुलावामामा ४० जनाभन्दा धेरै भारतीय अर्धसैनिकको ज्यान जानेगरी भएको आत्मघाती आक्रमणको बदलामा भारतले पाकिस्तानको सीमा पार गरी हवाई आक्रमण गरेपछि दुई मुुलुकबीचको सम्बन्ध खतरनाक स्तरमा पुगेको थियो । त्यसैक्रममा पाकिस्तानी सेनाले भारतीय वायुसेनाको रुसमा निर्मित मिग २१ विमान खसालेर पाइलटलाई हिरासतमा लिएको थियो । उनलाई पाकिस्तानी सेनाले स–सम्मान हिरासतमा राखेको र साथमा चिया पिउन दिएको भिडियो सार्वजनिक गरेको थियो ।

यता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अभिनन्दनप्रति पूरै भारत गौरवान्वित भएको प्रतिक्रिया दिएका छन् । प्रधानमन्त्री मोदीले तामिल नाडुको कन्याकुमारी शहरमा सम्बोधन गर्दै तामिल नाडुका अभिनन्दन प्रति सारा भारतलाई गौरव महसुस भइरहेको प्रतिक्रिया दिएका हुन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ७ : २७ बजे

‘प्रविधिमैत्री सेवा, मर्यादित श्रम’ नारासहित यातायात मजदुरको १२औँ महाधिवेशन

काठमाडौं- नेपाल यातायात स्वतन्त्र मजदुर संगठनको १२औँ राष्ट्रिय महाधिवेशन आगामी असोज

ललितपुरमा ‘हरित उत्सव : परिवर्तनका लागि महिला नेतृत्व’ अभियान सुरु (तस्बिरहरू)

ललितपुर– जलवायु न्याय तथा सामुदायिक उत्थानका क्षेत्रमा काम गर्दै आएको

किएभमा रूसी आक्रमण तीन जनाको मृत्यु : सैन्य अधिकारी

किएभ– युक्रेनको राजधानी किएभको उत्तरपूर्वी जिल्लामा भएको रूसी आक्रमणका कारण

चार क्विन्टल गाँजासहित चार जना पक्राउ

सुनसरी– बराहक्षेत्र नगरपालिका–१ बराहक्षेत्र–चतरा सडकबाट चार क्विन्टल १८ किलो गाँजासहित

युवा आन्दोलनले बढायो मोदी सरकारमाथि दबाब

नयाँदिल्ली-  युवा नेतृत्वमा भएको विरोध प्रदर्शनका कारण भारतका शिक्षामन्त्रीले राजीनामा दिएको