बी डिभिजन लिगः भगवती र रानीपोखरीको जित « Khabarhub

बी डिभिजन लिगः भगवती र रानीपोखरीको जित


१७ फाल्गुन २०७५, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सहिद स्मारक ए डिभिजन लिग अन्तर्गत शुक्रबार भएको खेलमा श्री भगवती क्लब र रानीपोखरी कर्नर टिम आरसीटीले जित निकाल्दा सातदोबाटो युथ क्लब र टुसाल युथ क्लबले पराजय भोगेका छन् ।

अखिल नेपाल फुटबल संघ (एन्फा) मैदान सातदोबाटोमा भएको पहिलो खेलमा श्री भगवतीले सातदोबाटोलाई ४—२ गोल अन्तरले पराजित गर्यो भने दोस्रो खेलमा आरसीटीले टुसाललाई २—१ ले हरायो ।

श्री भगवतीका लागि मोहन बहादुर थापा मगरले ह्याट्रिक गरेका थिए । उनले खेलको तेस्रो,२१ औं र ८१ औं मिनेटमा गोल त्यस्तै, श्रीभगवतीका आश बहादुर मगरले ८६ औं मिनेटमा गोल गरेका थिए । श्री भगवतीविरुद्ध गोल फकाउने क्रममा सातदोबाटोका दोर्जे तामाङले ६१ औं, ७१ औं मिनेटमा पृथ्वी चौधरी र भुवन बस्नेतले ८९ औं मिनेटमा गोल गरेपनि टिम श्री भगवतीसँग ४—३ ले पराजित भयो ।

त्यस्तै, शुक्रबार नै भएको दोस्रो खेलमा जीत हात पारेको आरसीटीका लागि उनम बुढाथोकिले २ गोल गरे । उनले टिमका लागि खेलको ३१ औं र ८१ औं मिनेटमा गोल गरेका थिए ।

सुरुआती अग्रता लिएको आरसीटीविरुद्ध टुसालका कर्ण रावतले ७६ औं मिनेटमा गोल गरेपनि टिठमलाई पराजित हुन बाट जोगाउन सकेनन् । जीत हासिल पारेका आरसीटी र रानीपोखरीले समान ३ अंक जोडेका छन् ।

प्रकाशित मिति : १७ फाल्गुन २०७५, शुक्रबार  ८ : ०५ बजे

पहिरोले बिपी राजमार्ग अवरुद्ध

काभ्रेपलाञ्चोक – अविरल वर्षाका कारण पहिरो जाँदा बिपी राजमार्ग अवरुद्ध

शुक्रबार बिहानैदेखि देशका अधिकांश भागमा वर्षा, धेरै स्थानमा भारीदेखि धेरै भारी वर्षा

काठमाडौँ – जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले

प्रधानमन्त्री बालेनले राष्ट्रसङ्घ सहासभामा उठाएका १७ सवाल

काठमाडौँ – नेपालका प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले संयुक्त राष्ट्रसङ्घको ८१औँ

राष्ट्रसंघ महासभामा प्रधानमन्त्री बालेनले के के भने ?

काठमाडौँ — प्रधानमन्त्री बालेन्द्र शाहले नेपालको बाढी, जलवायु परिवर्तन र

राष्ट्रसंघको महासभा बालेनको प्रश्न– जलवायु परिवर्तनको मूल्य नेपालले कहिलेसम्म तिर्ने ?

न्यूयोर्क – प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसंघको ८१औँ महासभालाई सम्बोधन