पित्तथैलीमा पत्थरी कसरी हुन्छ ? यस्ता हुन्छन् लक्ष्यण « Khabarhub

पित्तथैलीमा पत्थरी कसरी हुन्छ ? यस्ता हुन्छन् लक्ष्यण


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

पित्तथैली कलेजो मुनि रहेको हुन्छ । यसले कलेजोबाट निष्कासित पित्तलाई सञ्चय गरेर राख्छ ।  चिल्लो पदार्थ बढी खाएपछि पित्तथैली खुम्चिँदा पित्त बगेर आन्द्रामा प्रवेश गर्छ ।

पित्तमा रहेको वाइलएसिड, बिलिरुविन, कोलस्टेरोल तथा पानीको प्रतिशतमा कारणवस असन्तुलन हुँदा पत्थरी बन्ने सम्भावना बढी हुन्छ ।

नेपाली समाजमा सुत्केरी भइसकेपछि थप तागतका लागि घिउ र चिल्लो बढी भएको खाना खुवाउने चलनले पनि कोलेस्टेरोलको मात्रा बढी हुने हुँदासमेत तुलनात्मक रूपमा पुरुषभन्दा महिलाहरू यो समस्याबाट ग्रसित रहेको पाइन्छ ।

गर्भवती र सुत्केरी अवस्थामा महिलाको हर्मोनमा परिवर्तन आउने भएकाले उनीहरूको शारीरिक अंगहरूका साथै पित्तथैलीलाई समेत शिथिल बनाउने हुँदा पित्तथैलीमा पित्त थेग्रिन थाल्छ र यसले क्रमशः पत्थरीको रूपधारण गर्छ ।

इकोलाई, सालमोनिला, जुकाजस्ता विभिन्न जीवाणुको आक्रमण, लिभर सिरोसिस, रेसेदार खाद्य पदार्थ थोरै खानु, पित्तथैलीको कार्यसम्पादन गर्ने क्षमतामा ह्रास हुनु, ज्यादा मोटोपन, लामो अवधिसम्म गर्भनिरोधक चक्की प्रयोग गर्नाले पनि कोलेस्टेरोलको सन्तुलनमा नकारात्मक असर पर्दा कोलेस्टेरोल पत्थरीका रूपमा परिणत हुन्छ । तर, कतिपय रोगीहरूमा कुनै लक्षण नै देखा नपरी पित्त थैलीमा पत्थरी हुन्छ ।

पत्थरीको लक्षण

–चिल्लो खानेकुरा सजिलै नपच्नु,

–वाक्वाकी लाग्नु,

–खाना खाइसकेपछि पेटको माथिल्लो भाग दुख्नु,

–पित्तथैलीमा पत्थरी चल्दा र पित्तनलीमा ठूलो आकारको पत्थरी अड्केर बस्दा खप्नै नसक्ने गरी दुख्नु,

–कतिपयको दाहिने भागको पातामुन्तिर दुख्नु,

–ज्वरो आउनु,

–पित्त सहज रूपले बग्न नसक्नु आदिका साथै जन्डिस देखा पर्नु लक्षणहरू हुन् ।
कसरी बच्ने ?

–स्वस्थकार खानेकुरा खानुपर्छ,

–पानी प्रशस्त्र मात्रामा पीउिने,

–शारीरिक व्यायाम नियमित गर्ने,

–पत्थरीको शंका लागेमा चिकित्सकको सल्लाह लिने ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  १२ : १२ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले