धरान उपमहानगरपालिकामा कांग्रेस उम्मेदवारको अग्रता कायमै « Khabarhub

धरान उपमहानगरपालिकामा कांग्रेस उम्मेदवारको अग्रता कायमै


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान–धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम राखेका छन् ।

कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार बनेका तिलक राई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार प्रकाश राईभन्दा १ हजार ३ सय ७० मतको अन्तरले अगाडि देखिएका छन् ।

सोमबार बिहान ६ बजेको नतिजाअनुसार नेपाली कांग्रेसका तिलक राईले २३ हजार मत पाएका छन् ।

सत्तारुढ नेकपाका मेयरका उम्मेदवार प्रकाश राईले २१ हजार मत पाएका छन् ।

धरान उपमहानगरपालिकाको २० वटा वडामध्ये अब तीन वटा वडाको मात्रै मत गणना बाँकी छ । वडा नम्बर ३ को मतगणना जारी रहेको छ ।
१ र २ नम्बर वडामा मतगणना हुन बाँकी छ । १, २ र ३ नम्बर वडा मुख्य बजारमा पर्छ । यसअघि १ र २ नम्बर वडा नेपाली कांग्रेसले जितेका वडा हुन् । वडा नम्बर ३ नेकपाको पकड रहेको वडा मानिन्छ ।

धरान उपमहानगरपालिकामा अब दश हजार मतगणना गर्न बाँकी छ ।

नेपाली कांग्रेसले धरान उपमहानगरपालिकामा जित्ने विश्वास लिएका छन् । उनीहरुले राति नै जीतको खुसीयाली मनाउँदै नाराबाजी गरेका थिए । यस अघि त्यहाँ नेकपाले जितेको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ७ : १९ बजे

आज नागपञ्चमी : घर-घरमा नागको पूजाआजा

काठमाडौँ – श्रावण शुक्ल पञ्चमीका अवसरमा सोमबार परम्पराअनुसार नागको पूजाअर्चना

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले सोमबारका लागि विदेशी मुद्राको विनिमयदर

सोमबार भगवान शिवको विशेष दिन, कसरी गर्ने पूजा ?

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

आज २०८३ साल भदौ १ गते सोमबारको राशिफल

काठमाडौँ – २०८३ साल भदौ १ गते सोमबार सन् २०२६

मन्त्री लम्सालको छाउनीस्थित वीरेन्द्र अस्पतालमा उपचार हुँदै

काठमाडौं – स्वास्थ्यमा समस्या देखिएपछि पूर्वाधार विकासमन्त्री सुनिल लम्साललाई धनगढीबाट