धरान उपमहानगरपालिकामा कांग्रेस उम्मेदवारको अग्रता कायमै « Khabarhub

धरान उपमहानगरपालिकामा कांग्रेस उम्मेदवारको अग्रता कायमै


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

धरान–धरान उपमहानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवारले अग्रता कायम राखेका छन् ।

कांग्रेसका तर्फबाट मेयरका उम्मेदवार बनेका तिलक राई सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार प्रकाश राईभन्दा १ हजार ३ सय ७० मतको अन्तरले अगाडि देखिएका छन् ।

सोमबार बिहान ६ बजेको नतिजाअनुसार नेपाली कांग्रेसका तिलक राईले २३ हजार मत पाएका छन् ।

सत्तारुढ नेकपाका मेयरका उम्मेदवार प्रकाश राईले २१ हजार मत पाएका छन् ।

धरान उपमहानगरपालिकाको २० वटा वडामध्ये अब तीन वटा वडाको मात्रै मत गणना बाँकी छ । वडा नम्बर ३ को मतगणना जारी रहेको छ ।
१ र २ नम्बर वडामा मतगणना हुन बाँकी छ । १, २ र ३ नम्बर वडा मुख्य बजारमा पर्छ । यसअघि १ र २ नम्बर वडा नेपाली कांग्रेसले जितेका वडा हुन् । वडा नम्बर ३ नेकपाको पकड रहेको वडा मानिन्छ ।

धरान उपमहानगरपालिकामा अब दश हजार मतगणना गर्न बाँकी छ ।

नेपाली कांग्रेसले धरान उपमहानगरपालिकामा जित्ने विश्वास लिएका छन् । उनीहरुले राति नै जीतको खुसीयाली मनाउँदै नाराबाजी गरेका थिए । यस अघि त्यहाँ नेकपाले जितेको थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ७ : १९ बजे

सुनसरीमा ट्रक दुर्घटनामा पाँचजनाको मृत्यु, तीन जना घाइते

सुनसरी– सुनसरीको भोक्राह नसिंहमा ट्रक दुर्घटना हुँदा पाँच जनाको मृत्यु

अबको कांग्रेस गगन–विश्वको हो : पूर्व डीआईजी खरेल

काठमाडौं– नेपाल प्रहरीका पूर्व डीआईजी रमेश खरेलले पार्टी सभापति शेरबहादुर

माघेसङ्क्रान्तिमा देवघाट जान निःशुल्क बस सेवा

चितवन– माघेसङ्क्रान्तिको अवसरमा देवघाट क्षेत्रमा आठ वटा बसले निःशुल्क सेवा

बीपीएल : शीर्ष स्थानमा रहेको सन्दीपको टिमको खेल आज

काठमाडौं – बङ्गलादेश प्रिमियर लिग (बीपीएल) अन्तर्गत नेपाली लेग स्पिन

बाँकेमा जलपन्छीको वासस्थान जोखिममा

नेपालगन्ज– बाँकेमा पानीमा आश्रित जलपन्छीको वासस्थान जोखिममा रहेको पाइएको छ