बलात्कारको आरोप लागेका सिद्धबाबा आईसीयूबाटै पक्राउ | Khabarhub Khabarhub

बलात्कारको आरोप लागेका सिद्धबाबा आईसीयूबाटै पक्राउ


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर – बलात्कारको आरोप लागेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई प्रहरीले पक्राउ गरेको छ ।

विराटनगरस्थित विराट नर्सिङ होमको आइसीयूमा भर्ना भएको अवस्थामा नै उनलाई प्रहरीले पक्राउ गरेको हो । विराटनगरको विराट नर्सिङ होममा रहेका सिद्धबाबालाई हर्ट हट्याक भएको भन्दै चिकित्सकहरुले सघन उपचार कक्ष (आईसीयू)मा राखेका थिए ।

तर सोमबार(आज) बिहान चार बजे सुनसरीका डीएसपी विनोद शर्माको टोलीले उनलाई पक्राउ गरेको हो ।

दिउँसो पक्राउ गर्दा कृष्णदासजीका समर्थकको भीड लाग्ने र अवरोध सिर्जना हुने भएकाले बिहानै पक्राउ गरेर जिल्ला प्रहरी कार्यालय सुनसरी लगिएको डीएसपी शर्माले बताए ।

सुनसरीको चतरास्थित आफ्नै आश्रममा गत कात्तिक ४ गते बलात्कार गरेको भन्दै एक महिला अनुयायीले प्रहरीमा उजुरी दिएको सार्वजनिक भएपछि उनी गत बिहीबारबाट विराट नर्सिङ होममा उपचारका लागि भर्ना भएका थिए।

आइतबार बिहान जिल्ला प्रहरी कार्यालय सुनसरीको टोली बलात्कार आरोपित सिद्धबाबालाई पक्राउ गर्न विराट नर्सिङ होम पुगेको थियो ।

तर, चिकित्सकहरुले उनलाई हर्ट अट्याक भएकाले बाहिर लैजान दिएनन् ।

प्रहरी सिद्धबाबालाई पक्राउ गरी अदालत पेश गर्ने तयारीमा थियो । तर, चिकित्सकहरुले उनलाई बाहिर लैजान नमिल्ने भनेपछि पक्राउ नगरी फर्किएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायव उपरीक्षक (डिएसपी) विनोद शर्माले जानकारी दिएका थिए ।

सिद्धबाबा भनिने गिरीमाथि उनकै अनुयायी एक महिलाले जबरजस्ती करणी (बलात्कार)को आरोप लगाएकी छन् ।

पीडित भनिएकी महिलाले गिरीविरुद्ध जबरजस्ती करणीको उजुरी दिएपछि प्रहरीले उनलाई पक्राउ गर्न जिल्ला अदालत सुनसरीसँग अनुमति समेत लिइसकेको छ ।

गिरी भने अदालतले पक्राउ पूर्जि जारी गरेकै दिनदेखि अस्पताल भर्ना भएका छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ७ : ३६ बजे

जेलेन्स्कीलाई ट्रम्पको चिट्ठी – ‘अर्थहीन हत्या अन्त्य गर्ने समय भयो’

एजेन्सी – अतिक्रमणविरुद्ध रूससँग युद्धरत युक्रेनको ३४औँ स्वतन्त्रता दिवस अवसरमा

साझा उत्सवका रूपमा तीज पर्वलाई अंगिकार गर्नुपर्छ : मन्त्री खड्का

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दिपक खड्काले तीज पर्वलाई आपसी भाइचाराको

कोशीको आमसञ्चार विधेयकविरुद्ध सडकमा पत्रकार, उल्टो हिँडेर गरे विरोध प्रदर्शन

काठमाडौं– कोशी प्रदेश सरकारले प्रदेश सभामा पेश गरेको आमसञ्चार सम्बन्धी

‘कोशी प्रदेश स्वास्थ्य नीति’ सार्वजनिक

मोरङ– कोशी प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले ‘कोशी प्रदेश स्वास्थ्य नीति

करेन्ट लागेर एक जनाको मृत्यु

सुनसरी–  दुहबी नगरपालिका-८ स्थित विश्वकर्मा ईन्जिनियरिङ्ग वोर्कस वर्कसपमा काम गर्ने क्रममा करेन्ट