कोकिनका ‘डिलर’ लामा काठमाडौंमा पक्राउ « Khabarhub

कोकिनका ‘डिलर’ लामा काठमाडौंमा पक्राउ


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लागूऔषध एम्फेटामाइन (आईस) १ किलो २२९ ग्राम, कोकिन ९० ग्राम र यावा ८ सय ८१ ट्याबलेटसहित एक जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले गोरखा घर भई काठमाडौं बस्दै आएका ओडगेन लामालाई पक्राउ गरेको हो ।

उनलाई आइतबार अपराह्न काठमाडौंको धुम्वाराहीस्थित सडक किनारबाट लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनको साथबाट लागूऔषध एम्फेटामाईन (आईस) २९ ग्राम, कोकिन ४ ग्राम र यावा ९९ ट्याबलेटसहित पक्राउ गरी अनुसन्धानपछि लामाको कोठामा समेत खानतलासी गर्दा निजले लुकाई राखेको लागूऔषध एम्फेटामाईन (आईस) १ किलो २०० ग्राम, कोकिन ८६ ग्राम र यावा ७१२ ट्याबलेट गरी कुल जम्मा लागूऔषध एम्फेटामाईन (आईस) १ किलो २२९ ग्राम, कोकिन ९० ग्राम र यावा ८८१ ट्याबलेट बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका लामा यसअघि पनि २०६२ असोज ७ गते ५६ किलो ४ सय ग्राम लागूऔषध चरेससहित पक्राउ परेका थिए । ब्युरोले उनीविरुद्ध मुद्दा दर्ता गरी कारबाही गर्दा उनले २ वर्ष ६ महिना कैद भुक्तान गरेका थिए ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ८ : २३ बजे

सुनचाँदी पसले नै सुन चोरीमा संलग्न

काठमाडौँ- सुनचाँदी चोरीमा संलग्न एकजना सुनचाँदी व्यवसायीलाई नेपाल प्रहरीले पक्राउ

खारेज भए यी दल

काठमाडौं- निर्वाचन आयोगले ६ वटा राजनीतिक दलको दर्ता खारेज गरेको

कांग्रेस क्रियाशील सदस्यता वितरणमा सहजीकरणका लागि गगन थापाले गरे ४ बुँदे परिपत्र

काठमाडौं- नेपाली कांग्रेसले पार्टीको १५औँ महाधिवेशन नजिकिँदै गर्दा सहज र

पूर्वउपप्रधानमन्त्री बद्रीप्रसाद मण्डलको निधन

काठमाडौँ- पूर्वमन्त्री एवम् नेपाल सद्भावना पार्टीका वरिष्ठ नेता बद्रीप्रसाद मण्डलको