कोकिनका ‘डिलर’ लामा काठमाडौंमा पक्राउ « Khabarhub

कोकिनका ‘डिलर’ लामा काठमाडौंमा पक्राउ


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– लागूऔषध एम्फेटामाइन (आईस) १ किलो २२९ ग्राम, कोकिन ९० ग्राम र यावा ८ सय ८१ ट्याबलेटसहित एक जनालाई प्रहरीले काठमाडौंबाट पक्राउ गरेको छ ।

विशेष सूचनाको आधारमा लागूऔषध नियन्त्रण ब्युरोबाट खटिएको प्रहरी टोलीले गोरखा घर भई काठमाडौं बस्दै आएका ओडगेन लामालाई पक्राउ गरेको हो ।

उनलाई आइतबार अपराह्न काठमाडौंको धुम्वाराहीस्थित सडक किनारबाट लागूऔषधसहित पक्राउ गरेको प्रहरीले जनाएको छ ।

उनको साथबाट लागूऔषध एम्फेटामाईन (आईस) २९ ग्राम, कोकिन ४ ग्राम र यावा ९९ ट्याबलेटसहित पक्राउ गरी अनुसन्धानपछि लामाको कोठामा समेत खानतलासी गर्दा निजले लुकाई राखेको लागूऔषध एम्फेटामाईन (आईस) १ किलो २०० ग्राम, कोकिन ८६ ग्राम र यावा ७१२ ट्याबलेट गरी कुल जम्मा लागूऔषध एम्फेटामाईन (आईस) १ किलो २२९ ग्राम, कोकिन ९० ग्राम र यावा ८८१ ट्याबलेट बरामद भएको प्रहरीले जनाएको छ ।

पक्राउ परेका लामा यसअघि पनि २०६२ असोज ७ गते ५६ किलो ४ सय ग्राम लागूऔषध चरेससहित पक्राउ परेका थिए । ब्युरोले उनीविरुद्ध मुद्दा दर्ता गरी कारबाही गर्दा उनले २ वर्ष ६ महिना कैद भुक्तान गरेका थिए ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ८ : २३ बजे

निफमा सहभागी हुन काठमाडौं आइपुगे ‘शोले’का निर्देशक सिप्पी

काठमाडौं – चर्चित बलिउड फिल्म ‘शोले’का निर्देशक रमेश सिप्पी बुधबार

एमाले कार्यवाहक अध्यक्षको जिम्मेवारी थापालाई

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले)को कार्यवाहक अध्यक्षको जिम्मेवारी उपाध्यक्ष

काठमाडौंबाट बाहिरिने यात्रुलाई हैरानी दिने ४८ जना पक्राउ

काठमाडौं – काठमाडौंबाट बाहिरिने यात्रुलाई अनावश्यक हैरानी दिने ४८ जना

एमाले युवाहरूले पार्टी कार्यलय अगाडि जलाए महासचिव पोखरेलको पुत्ला

काठमाडौं – नेकपा एमाले निकट युवा नेताहरुले पार्टी महासचिव शंकर

संसदीय दलको नेता चयनप्रति असन्तुष्टि जनाउँदै एमाले युवाहरूद्वारा विरोध प्रदर्शन

काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (एमाले) सम्बद्ध युवाहरूले पार्टी नेतृत्वप्रति