महोत्तरीका चार पद चार दलका पोल्टामा | Khabarhub Khabarhub

महोत्तरीका चार पद चार दलका पोल्टामा


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

महोत्तरी– महोत्तरी जिल्लामा चार वटा विभिन्न पद चारै दलका पोल्टामा परेका छन् । उपनिर्वाचनमा जिल्लाको एक गाउँपालिका अध्यक्ष र तीन वडाध्यक्ष पदका लागि भएको उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा), नेपाली काँग्रेस, राष्ट्रिय जनता पार्टी नेपाल र समाजवादी पार्टी एक एक पदमा निर्वाचित भएका छन् ।

पिपरा गाउँपालिकाका अध्यक्षमा (नेकपा) का विक्रम चौधरी तीन हजार २४९ मत ल्याएर निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी समाजवादी पार्टीका रामजानकी यादवले तीन हजार ४१ मत ल्याएका थिए ।

त्यस्तै बलवा नगरपालिका–२ मा भएको वडाध्यक्षको उपनिर्वाचनमा काँग्रेसका विपीन पञ्जीयार सुडी ४६१ मत ल्याएर विजयी भए। उनका निकटतम प्रतिद्वन्द्वी राजपाका वृजलाल साह सुडीले ३५२ मत ल्याए । यसैगरी बलवा ८ मा भएको वडाध्यक्षको निर्वाचनमा समाजवादी पार्टीका रामबाबु महतो ६५९ मत ल्याएर विजयी भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी काँग्रेसका निर्मल यादवले ३४६ मत ल्याए ।

त्यसैगरी मटिहानी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्षमा राजपाका रामबाबु नायक ३७५ मत प्राप्त गरी निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेकपाका जाकिर अन्सारीले ३५५ मत ल्याए ।

विसं २०७४ मा भएको स्थानीय तहको निर्वाचनमा पिपरा गाउँपालिका अध्यक्षमा राजपा विजयी भएको थियो भने यसपालि नेकपाले बाजी मारेको छ । अन्य तीन स्थानमा पुनः पहिले जितेका दल नै दोहोरिएका छन् । बलवा–२ मा यसअघि पनि काँग्रेसले नै बाजी मारेको थियो । त्यस्तै वडा नं ८ मा पनि यसअघि समाजवादी पार्टी तथा मटिहानी –६ मा यसअघि राजपाले नै जितेका थिए ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ९ : ४० बजे

परिवर्तन विरोधी शक्ति सक्रिय : अध्यक्ष दाहाल

काठमाडौं – राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले व्यवस्था परिवर्तन भए पनि

अण्डाको मूल्य बढ्यो

चितवन – आजैदेखि लागू हुने गरी अण्डाको मूल्य बढेको छ

बागलुङमा जिप दुर्घटना हुँदा दुईको मृत्यु, पाँच घाइते

बागलुङ – बागलुङको बडिगाड गाउँपालिकामा पिकअप जिप दुर्घटना हुँदा दुईको

बिमा प्राधिकरणको अध्यक्षमा शरद ओझा नियुक्त

काठमाडौं – बिमा कम्पनीहरूको नियामक निकाय बिमा प्राधिकरणको अध्यक्षमा शरद

नेपाल मानवअधिकारको रक्षा र प्रवर्द्धनमा सधैँ प्रतिबद्धः परराष्ट्रमन्त्री देउवा

काठमाडौं – परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपाल मानवअधिकारको संरक्षण