अञ्जलीले कीर्तिमानी बनाएको खेलमा नेपाल १० विकेटले विजयी « Khabarhub

अञ्जलीले कीर्तिमानी बनाएको खेलमा नेपाल १० विकेटले विजयी


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

पोखरा–१३औं दक्षिण एसियाली खेदकुद (साग)मा नेपालले माल्दिभ्समाथि १० विकेटको शानदार जित हात पारेको छ ।

१७ रनको कमजोर लक्ष्य पाएको नेपालले पहिलो ओभरमै जीत हात पारेको हो । नेपालका लागि काजल श्रेष्ठले तीन चौकाको मद्दतमा १३ रन बनाइन् भने ४ अतिरिक्त रन रह्यो ।

पोखरामा सोमबार टस जितेर व्याटिङ थालेको माल्दिभ्सले १०.१ ओभरमा सबै विकेट गुमाएर मात्र १६ रन मात्र बनाएको थियो । जसलाई नेपालले पहिलो ओभरमै पुरा गर्‍यो । काजल श्रेष्ठले तीन चौकाको मद्दतमा १३ रन बनाइन् भने ४ अतिरिक्त रन रहृयो ।

तीब्र गतिकी बलर अञ्जली चन्दले टि २० अन्तर्राष्ट्रिय महिला क्रिकेटमा विश्व कीर्तिमानसमेत राखेकी छिन् । अन्जलीले कीर्तिमानी प्रदर्शसँगै नेपालले माल्दिभ्सलाई १०.१ ओभरमा १६ रनमा अल आउट गरेको थियो ।

नेपाली महिला बलर सामू माल्दिभ्सका खेलाडी निरीह देखेए । माल्दिभ्सका ९ खेलाडी शून्य रन मै आउट भए । हफ्सा अफ्सा अब्दुल्लाले ४ र हामना नियाजले ९ रन बनाउन बाहेक अन्य खेलाडीले खाता खोल्न सकेनन् । अन्जलीले ४ ब्याटरलाई क्याच आउट र २ लाई बोल्ड आउट गरिन् ।

अन्जलीले २.१ ओभरमा २ मेडन कुनै रन नदिइ ६ विकेट लिइन् । उनले नवौं ओभरको पाँचौ र छैटौं तथा ११ औं ओभरको पहिलो बलमा विकेट लिदै ह्याट्रिक पुरा गरेकी थिइन् ।

यो विश्व टि ट्वान्टी वोमनमा हालसम्मकै सर्वोउत्कृष्ट प्रर्दशन हो । यस अघि मलेसियाकी मास अलिसाले ४ ओभरमा १ मेडन सहित ३ रन खर्चेर ६ विकेट लिइकी थिइन् । करुणा भण्डारीले २ विकेट हात पारिन् ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  १२ : ३९ बजे

रूख काट्ने क्रममा एक जनाको मृत्यु, दुई घाइते

त्रिशूली– आज यहाँको बेलकोटगढी नगरपालिका–९ नलगाउँमा रूख काट्ने क्रममा एक

पर्यटन विकासलाई दिगो बनाउन गाउँ केन्द्रित हुनुपर्छ : अध्यक्ष दाहाल

काठमाडौं– राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहालले नेपालको पर्यटन क्षेत्रलाई समावेशी

‘गाउँ पर्यटन प्रवर्द्धन मञ्च’को अध्यक्षमा थपलिया

काठमाडौं– गाउँ पर्यटन प्रवर्द्धन मञ्च (भिटोफ) नेपालको अध्यक्षमा हरिशरण थपलिया

नेम्वाङ दाजुभाइको अन्त्येष्टी गर्ने तयारी

काठमाडौं- तीन दिनअघि पाटनको कृष्णमन्दिर परिसरमा हत्या गरिएका सिर्जन नेम्वाङ

अनुसन्धान, प्रविधि र उत्पादनसँग जोडिएको शिक्षा आवश्यक : मुख्यमन्त्री पाण्डे

गण्डकी– गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले अनुसन्धान, प्रविधिको प्रयोग र