उमेरबारे चिन्ता नलिइ जीवन जिउन शताब्दी पुरुष सत्यमोहनको सुझाव | Khabarhub Khabarhub

उमेरबारे चिन्ता नलिइ जीवन जिउन शताब्दी पुरुष सत्यमोहनको सुझाव


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–एक सय वर्ष टेकेका वाङमय शताब्दी पुरुष तथा संस्कृतिविद् सत्यमोहन जोशीले उमेरले आफूभन्दा दश, बाह्र वर्ष कम उमेरहरुलाई चिन्ता नलिन सुझाव दिएका छन् ।

ललितपुर महानगरपालिका, ज्येष्ठ नागरिक समाज लगायतले ललितपुरमा आयोजना गरेको जेष्ठ नागरिक अभिन्नदन कार्यक्रममा उनले सन्तोषी हुन आग्रह गरे ।
‘छोराले हेरेनन् , बुहारीले हेननन् , भत्ता बढेन नभन्नुस्, उनले भने, ‘शान्त भएर बस्नुस् ।’ उनले आफूसँग भएका कुराले सन्तोष लिन सबैलाई अनुरोध गरे ।

वृद्ध अवस्था ईश्वरीय वरदान भएको बताउँदै दीर्घ जीवनको मुख्य आधार सन्तुष्टि भएको बताए । अभिनन्दित सिता भण्डारीले पनि सन्तोषले नै आफूले लामो जीवन पाएको बताइन् । एक सय १ वर्षकी सिताले भनिन् , ‘चिन्ता रोगको एक मुख्य कारण हो, खानपिन समेत ध्यान दिनुपर्छ । ’ उनी महानगरको वडा न.२२ मा बस्छिन् ।

आयोजक संस्थाहरुको अनुसार अभिनन्दित हुनेमा एक सय ४८ जना छन् ती मध्ये ९१ जना महिला र ५७ जना पुरुष छन् । ८९ वर्ष पुगेका जेष्ठ नागरिकलाई अभिन्नदन गरिएको हो । अभिन्दित हुने मध्ये सबैभन्दा धेरै उमेरकीजेष्ठ सिता भण्डारी थिइन् ।

ग्वार्खोकी गोमती सुवेदी ९२ वर्ष भइन् । फूर्तिली देखिने उनलाई कुनै रोग छैनन्। ध्यान गर्छिन् । चिन्ता गर्दिनन् । भन्छिन्, ‘पूजा गर्छु , भक्तिमा रमाउँछु, यसले मान्छेलाई आनन्द दिने रहेछ ।’

ह्रिप्रसाद दुवाल ८९ वर्ष भए । उनी अहिले पनि सक्रिय छन् । मुद्रा संकलक संघका सल्लाहकार हुन् । काम पर्दा त्यहाँ जान्छन् । सन् १९६०मा अमेरिकाको युनिभर्सिटी आफ बेरुतबाट जनस्वास्थ्य विषय पढेर आएका हरिप्रसाद दिर्घायुको मुख्य कारण स्वास्थ्य क्षेत्रको संलग्न भएको बताउँछन् ।
‘मनमा कुरा खेलाउँदिन, काम गर्दा विचार पुर्याउँछु’ उनले भने । सन्तुष्टि र खुशीले नै मानिसलाई दीर्घजीवी बनाउने उनले बताए ।
ज्येष्ठ नागरिक समाजका सल्लाहकार गोपालमान श्रेष्ठका अनुसार तेस्रो देव रथारोहण भएका जेष्ठ नागरिकलाई सम्मान गरिएको हो । तीनपटक रथारोहण गरेपछि मान्छे देवता हुने जनविश्वास छ ।

कार्यक्रमका प्रमुख अतिथि ललितपुर महानगरपालिकाका प्रमुख चिरीबाबु महर्जनले जेष्ठ नागरिकलाई महानगरले जीवन छँदा नै सम्मान गर्ने नीति लिएको बताए । उनले जेष्ठ नागरिकको सहज जीवनका लागि महानगरले विभिन्न कार्यक्रम ल्याउने बताए । अभिन्दित जेष्ठ नागरिकलाई नगद सहित फूलमालाले सम्मान गरिएको थियो । कार्यक्रममा महानगरका वडा अध्यक्ष तथा सल्लाहकारहरुको समेत सहभागिता थियो ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  १ : ०२ बजे

कोशीका चार सांसद सवार गाडीलाई डीएसपीले हाँकेको कारले ठक्कर दियो

काठमाडौं- कोशी प्रदेश सभा सदस्यहरू सवार एउटा गाडी मोरङको कानेपोखरीमा

प्रधानन्यायाधीशले गराए दुई आयोगका अध्यक्षलाई शपथ

काठमाडौं– प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतले बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोगका

सुदूरपश्चिमको धार्मिक पर्यटन प्रवर्द्धनमा सांसदको जोड

काठमाडौं– राष्ट्रियसभाका सांसदहरूले सुदूरपश्चिमलाई धार्मिक पर्यटनको केन्द्रको रूपमा विकास र

प्रतिनिधिसभाबाट जलस्रोत विधेयक पारित

काठमाडौं– प्रतिनिधिसभा बैठकबाट ‘जलस्रोत विधेयक, २०८१’ पारित भएको छ । 

नाउपा र जनमतबीच अब एकता हुन्न होला

काठमाडौं- रेशम चौधरी नागरिक उन्मुक्ति पार्टी (नाउपा) का संरक्षक हुन्