अनुष्काको यो फिल्म हो विराट कोहलीको फेभरेट ! « Khabarhub

अनुष्काको यो फिल्म हो विराट कोहलीको फेभरेट !


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराट कोहली र पत्नी अनुष्का शर्मालाई बलिउडमा सुन्दर जोडीका रुपमा लिने गरिन्छ । अनुष्का र विराटको चर्चा पनि उत्तिकै भइरहन्छ ।
विराटले अनुष्काको फिल्मी करिअरलाई लिएर तारिफ पनि गर्ने गर्छन् ।

हालै एक अन्तर्वार्ताका दौरान विराटसँग सोधियो कि, अनुष्काले अभिनय गरेका फिल्ममध्ये तपाईंको लोकप्रिय फिल्म कुन हो?

यसको उत्तरमा विराटले ‘ए दिल है मुस्किल’ आफ्नो सबैभन्दा मन पर्ने फिल्म भएको बताए । साथै उनले एक दृश्य बारम्बार हेर्ने गरेको बताए ।

विराटले भने, ‘हे दिल है मुस्किलमा अनुष्काको क्यारेक्टर मलाई सबैभन्दा प्रिय लाग्छ, यो मैले अहिले पनि उनीसँग भन्ने गर्छु ।’

कहिलेकाहीँ आफू फ्री हुँदा युट्युब खोलेर एक दृश्य हेर्ने गरेको पनि उनले बताए । फिल्ममा अनुष्कालाई क्यान्सर हुन्छ, र रणवीर कपूर फर्केर आउँछन् । यो गीत अहिले पनि हेर्ने गरेको विराटले बताए ।

पछिल्लो समय अनुष्का र विराट विदाको समय मनाइरहेका छन् । यी दुईले सामाजिक सञ्जालमा पनि निरन्तरजसो तस्वीर शेयर गर्ने गर्छन् ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  २ : ०२ बजे

राष्ट्रपति पौडेलको असावधानीकै कारण प्रतिनिधिसभा विघटन भयो : महेश बर्तौला

काठमाडौं– नेकपा एमालेका नेता महेश बर्तौलाले राष्ट्रपति रामचन्द्र पौडेलकै कारण

मधेस प्रदेशसभा : सभामुख पदका लागि नाम दर्ता

महेन्द्रनगर (धनुषा)- मधेस प्रदेशसभाको सभामुख पदका लागि जनता समाजवादी पार्टी

सप्तगण्डकी बहुउद्देश्यीय आयोजना अगाडि बढाउनुपर्छ : मन्त्री घिसिङ

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात र

ड्रोन प्रविधि विस्तारका लागि रूसमा जनशक्ति अभाव

मस्को- रूसलाई ड्रोन क्षेत्रमा करिब ४४ हजार दक्ष तथा विशेष

महँगो शुल्कले सुस्तायो पोखराको ‘पुतली जहाज’ को उडान

पोखरा– सिरानमा चाँदीजस्तै टल्किरहेका माछापुच्छ्रे र अन्नपूर्ण हिमशृङ्खला । तल