बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट « Khabarhub

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट


२२ आश्विन २०८३, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको करिब २७ लाख रुपैयाँ बराबरको ड्रागनफ्रुट जोमसोममै थन्किएको छ । बेनी–जोमसोम सडकखण्ड बाढी र पहिरोका कारण अवरुद्ध भएपछि १५ दिनभन्दा बढी समयदेखि रोकिएको ड्रागन फ्रुट व्यवसायीले स्थानीयवासीलाई निःशुल्क वितरण गरेका छन् ।

असोज ८ देखि ११ गतेसम्म परेको अविरल वर्षापछि आएको बाढी तथा पहिरोले सडकखण्डमा क्षति पुर्‍याएपछि ड्रागन फ्रुट बोकेको कन्टेनर जोमसोममै रोकिएको थियो । सडक पूर्ण रूपमा सञ्चालनमा आउन अझै समय लाग्ने र ठूला सवारीसाधनसमेत सहज रूपमा आवतजावत गर्न नसक्ने भएपछि व्यवसायीले फल निःशुल्क वितरण गरेका हुन् ।

व्यवसायीका प्रतिनिधि सुवास सुनुवारका अनुसार कन्टेनरमा ९२४ क्यारेट ड्रागन फ्रुट थियो । लामो समयसम्म कन्टेनरमै राख्दा जोमसोमको दिउँसोको चर्को घाम र रातिको अत्यधिक चिसोका कारण फल बिग्रिन थालेपछि निःशुल्क वितरण गर्नुपरेको हो ।

‘अब लान सक्ने स्थिति छैन, बाटो पनि बन्द छ । बाटो बन्द भइसकेपछि अब बिग्रिन लागिसक्यो । धेरै नै बिग्रिसक्यो । बिग्रिनु भन्दा त बाडौँ भनेर बाडेँका हौँ ।’ सुनुवारले भने । उनका अनुसार जोमसोममै बिक्री गर्ने प्रयास गरिए पनि पर्याप्त बिक्री हुन सकेन । सडकको अवस्थाका कारण ड्रागन फ्रुट बेनीसम्म पुर्‍याउनसमेत सम्भव नभएपछि स्थानीयलाई वितरण गरिएको हो ।

निःशुल्क ड्रागन फ्रुट वितरण हुने खबर पाएपछि स्थानीयवासी कन्टेनर रहेको स्थानमा जम्मा भएका थिए । व्यवसायीले फल वितरण गरेपछि स्थानीयले आवश्यकताअनुसार ड्रागन फ्रुट लगेका थिए । सडक अवरोधका कारण ठूलो आर्थिक क्षति व्यहोर्नुपरे पनि बिग्रिएर खेर जानुभन्दा स्थानीयलाई निःशुल्क वितरण गर्नु उचित भएको सुनुवारले बताए । ड्रागन फ्रुट वितरण गरेपछि उनी काठमाडौं फर्किने तयारीमा छन् ।

प्रकाशित मिति : २२ आश्विन २०८३, बिहीबार  ३ : ३२ बजे

पाँच दशकअघि बीपीले भनेका थिए : ‘चार-पाँच वर्षको अवधिमा चुनाव भइरहनुपर्छ’

जनताको महान् आन्दोलनलाई समानताको प्रेरणा दिने समाजवादको एउटा मुख्य लक्ष्य

नेप्से परिसूचक सामान्य अङ्कले बढ्यो

काठमाडौँ – साताको कारोबारको चौथो दिन बुधबार नेप्से परिसूचक सामान्य

ऊर्जा प्रणाली विविधीकरण र लगानीमैत्री नियमनमा ऊर्जामन्त्रीको जोड

काठमाडौं– ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले ऊर्जामा आधारित

बाटोमै १५ दिनभन्दा बढी थन्किएपछि व्यवसायीले निःशुल्क बाँडे एक कन्टेनर ड्रागन फ्रुट

काठमाडौं- सडक अवरुद्ध भएपछि चीनबाट खरिद गरी काठमाडौं लैजान ल्याइएको

कांग्रेस विभाजन रोक्नु मेरो प्रमुख दायित्व : चिरीबाबु महर्जन

ललितपुर- ललितपुर महानगरपालिकाका मेयर एवं नेपाली कांग्रेसका नेता चिरीबाबु महर्जनले