तीन बैंकले सार्वजनिक गरे नयाँ ब्याजदर « Khabarhub

तीन बैंकले सार्वजनिक गरे नयाँ ब्याजदर


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– ३ वटा वाणिज्य बैंकहरु नबिल, एभरेष्ट र कुमारी बैंकले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । ३ वटै बैंकले सार्वजनिक गरेको नयाँ ब्याजदरमा मुद्दतीतर्फ संस्थागत निक्षेपमा ८.५० र व्यक्तिगततर्फ ९.२५ प्रतिशत छ । बचतमा भने बैंकहरुको ब्याज फरक–फरक रहेको छ ।

कुमारी बैंक
कुमारी बैंकले सार्वजनिक गरेको ब्याजदरमा बचततर्फ सबैभन्दा बढी ६.५० र सबैभन्दा कम २.५० प्रतिशत छ । बैंकले हाल १८ प्रकारका बचत खाता सञ्चालनमा रहेको छ ।

बैंकबाट ब्याज लिँदा १८.६२ प्रतिशत ब्याज लाग्ने गरेको छ । बैंकबाट होम लोन, शैक्षिक धितोकर्जा, अटोलोन, सेयर धितोकर्जा लिँदा १८.६२ प्रतिशत ब्याज लाग्ने छ । हाल बैंकको आधार दर १०.६२ प्रतिशत रहेको छ ।

नबिल बैंक

नबिल बैंकले सार्वजनिक गरेको ब्याजदरमा बचततर्फ सबैभन्दा बढी ५.७५ प्रतिशत रहेको छ । हाल बैंकले १८ वटा बचत खाता रहेका छन् । जसमा सबैभन्दा कम ब्याज ३.७५ प्रतिशत रहेको छ । बैंकबाट कर्जा लिँदा सबैभन्दा बढी ब्याज १४.४४ प्रतिशत ब्याज लाग्ने छ । बैंकबाट अन्य प्रकृतिको ऋण लिँदा १४.४४ प्रतिशत ब्याज लाग्ने छ ।

हाल बैंकको कात्तिकसम्मको आधार दर ७.९४ प्रतिशत रहेको छ । बैंकबाट हाउजिङ, मोटरेज, अटो लोन लिँँदा १२.४४ प्रतिशत ब्याज लाग्ने छ । बैंकबाट पर्सनल लोन, टर्म लोन, ओभरड्राफ्ट लोन लिँदा १३.९४ प्रतिशत ब्याज लाग्दछ । यस्तै शैक्षिक धितोकर्जा लिँदा १२.९४ प्रतिशत ब्याज लाग्छ ।

एभरेष्ट बैंक

एभरेष्ट बैंकले सार्वजनिक गरेको ब्याजदरमा बचततर्फ सबैभन्दा बढी ब्याज ६ प्रतिशत रहेको छ भने सबैभन्दा कम ४ प्रतिशत ब्याज रहेको छ । हाल बैंकले २७ प्रकारका बचत खाता सञ्चालनमा ल्याएको छ ।

एभरेष्ट बैंकबाट कर्जा लिँदा १६.०२ प्रतिशत ब्याज लाग्ने छ । बैंकबाट ओभरड्राफ्ट, टर्म लोन, फिक्स लोन लिँदा १६.०२ प्रतिशत ब्याज लाग्नेछ । बैंकबाट हाउजिङ लोन लिँदा १५.७७, शैक्षिक धितोकर्जा १५.५२, हाउजिङ लोन १४.५२, भेहिकल लोन १५.२७ प्रतिशत ब्याज लाग्नेछ ।

यस्तै बैंकबाट सेयर धितोकर्जामा ऋण लिँदा १५.२७ प्रतिशत ब्याज लाग्नेछ । हाल बैंकको आधार दर ८.५२ प्रतिशत रहेको छ ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ५ : ५४ बजे

अन्तिम मिनेटमा एभर्टनको कमब्याक, युनाइटेडसँग २–२ को बराबरी

काठमाडाैं – एन्स्ले मैटल्यान्ड नाइल्सले इन्जुरी समयको छैटौँ मिनेटमा उत्कृष्ट

पहिरोले ३२ खम्बा ढलेपछि बाजुरामा विद्युत् आपूर्ति बन्द

बाजुरा – गएरातिको पहिरोले ३२ वटा खम्बा ढालेपछि बाजुरामा राष्ट्रिय

भोटेकोशी बाढी : वीर अस्पतालमा उपचाररत १७ जना डिस्चार्ज

काठमाडौं – रसुवाको भोटेकोशी नदीमा भदौ १० गते बुधबार बिहान

नेपाल भलिबल लिग : कर्णाली र अन्नपूर्ण विजयी

काठमाडौं – नेपाल भलिबल लिग (एनभिएल) २०२६ अन्तर्गत आज सम्पन्न

बाढीको मौका छोपेर कैदीले गरेका थिए सुरक्षाकर्मीमाथि आक्रमण

काठमाडौं – भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीका कारण