काठमाडौं महानगरपालिकाले भन्यो– सार्वजनिक ठाउँका विज्ञापन ७ दिनभित्र हटाउनु « Khabarhub

काठमाडौं महानगरपालिकाले भन्यो– सार्वजनिक ठाउँका विज्ञापन ७ दिनभित्र हटाउनु


१६ मंसिर २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौं महानगरले सार्वजनिक ठाउँका सम्पूर्ण विज्ञापन ७ दिन भित्र हटाउन निर्देशन दिएको छ । आफैंले नहटाए महानगरले हटाउन लाग्ने खर्च समेत असुली गर्ने चेतावनी दिएको छ।

सोमबार सूचना जारी गर्दै महानगरले घर, कम्पाउण्ड, छत, बिजुलीका पोल, सडकमा राखिएका डिभाइडर लगायतमा राखिएका पर्चा पम्पलेट, भित्तेलेखनजस्ता अनधिकृत विज्ञापन बोर्ड आफैं हटाउन निर्देशन दिएको हो।

यस्ता विज्ञापन बोर्ड तथा पर्चाले वातावरणीय प्रदूषण गरी स्वच्छ र स्वस्थ वातावरणमा बाँच्न, हिडडुल गर्न र प्रदुषण रहितको सुन्दर दृश्यावलोकन गर्ने अधिकारमा बाधा व्यवधान गरेको भन्दै २०७२ भदौ १६ गते सर्वोच्च अदालतले महानगरलाई व्यवस्थित बनाउन आदेश दिएको थियो।

त्यही आदेश पालना गर्दै महानगरले सूचना जारी गरी कार्यन्वयनमा ल्याएको हो ।

प्रकाशित मिति : १६ मंसिर २०७६, सोमबार  ११ : ५८ बजे

मोबाइलमै भएको डिजिटल राहदानी र भिसा मान्य हुने

काठमाडौं– अध्यागमन विभागले मोबाइल एपमा उपलब्ध डिजिटल राहदानी र भिसा

चिलिमे र माथिल्लो त्रिशूली-१ को सुरूङभित्र एकै दिन ९ शव भेटिए

रसुवा– रसुवाको चिलिमे जलविद्युत् केन्द्रको सुरुङमा खोजीका क्रममा विद्युत् गृह

भारतबाट थप १६० ग्यास बुलेट ल्याइँदै : डेराका विद्यार्थी, सुत्केरी र गर्भवतीलाई पहिलो प्राथमिकता

काठमाडौं– उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले १६० वटा अतिरिक्त ग्यास

कांग्रेस महाधिवेशनमा करिब सात हजार प्रतिनिधि सहभागी हुने

काठमाडौं– नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सात हजार हाराहारीमा महाधिवेशन प्रतिनिधि

यी हुन् मन्त्रिपरिषद् बैठकका मुख्य छ निर्णय

काठमाडौं– सरकारले सरकारी निर्णय प्रक्रिया सरलीकरण तथा डिजिटल बनाउने सम्बन्धी