एसियाली फुटबलको ‘नयाँ शक्ति’ कतार, विश्वकप आयोजक देशलाई सफलता « Khabarhub

एसियाली फुटबलको ‘नयाँ शक्ति’ कतार, विश्वकप आयोजक देशलाई सफलता


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सन् २०२२ को विश्व फुटबल आयोजनाको जिम्मा पाएको खाडी मुलुक कतारले एसिया कपको उपाधि उचाल्दै सुखद् सुरुआत गरेको छ ।

शुक्रबार जायद स्पोर्टस् सिटी रंगशालामा कतारले चार पटक उपाधि उचालेको जापानलाई ३—१ गोल अन्तरले पराजित गर्दै आफूलाई एसियाली फुटबलको ‘नयाँ शक्ति’का रुपमा स्थापित गर्न सफल भएको छ ।

एसियाली फुटबलको पावर हाउसका रुपमा पहिचान बनाएको जापानमाथि जित निकाल्दै आफूलाई उदयीमान शक्तिका रुपमा चिनाउन सफल कतारका लागि फरवार्ड अल्मोइज अली एसिया कपमा सर्वाधिक गोल बनाउने खेलाडीको किर्तिमानी पनि बनाएका छन् ।

दुवईमा आयोजना भएको एसिया कपमा ९ गोल गरेका उनले फाइनल खेलमा पनि जापानविरुद्ध सुरुवाती १२ औं मिनेटमा पहिलो गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए ।

एसिया कपको फाइनलमा पहिलो पटक पुगेको कतारले सेमिफाइनलमा आयोजक युनाइटेड अरब इमिरेट्स (युएई) विरुद्र्ध ४—० को शानदार जित निकाल्दै फाइनलमा स्थान बनाएको थियो ।

अब्दुलाजिज हातेमले २७ औं मिनेटमा गोल गर्दै कतारलाई पहिलो हाफमा सहज अग्रता दिलाएका थिए । तर, खेलको ६९ औं मिनेटमा जापानका लागि तकुमी मिनामिनोले गोल गरेपनि टिमलाई जित दिलाउन भने असफल रहे ।

८२ औं मिनेटमा जापानका कप्तान मया योसोदीले ह्यान्ड गरेपछि कतारका अक्रम हसन अफिफले पेनाल्टी प्रहार गरेका थिए । उनले गोलकिपरको दाँया छेउबाट बललाई पोष्ट चुमाएका थिए ।

पाँचौ पटक जित निकाल्दै एसिया कपमा आफ्नो किर्तिमानी बनाउने जापानको लक्ष्यमाथि कतारले बिराम लगाइदिएको छ ।

जापानले एसिया कपको पहिलो उपाधि सन् १९९२ मा उचालेको थियो । दोस्रो र तेस्रो पटक २००० र २००४ मा लगातार च्याम्पियन बनेको जापानले २०११ मा पनि उपाधी जितेको थियो । पाँचौं पटक जित हात पार्ने दाउमा रहेको एसियाली पावर हाउस जापानलाई कतारले रोकेको छ ।

एएफसीका अध्यक्ष शेख सलमान विन इब्राहिम अल खलीफाले बधाई दिँदै कतारको सफलताले एसियाका अन्य टिमहरुलाई पनि उत्प्रेरणा मिल्ने विश्वास व्यक्त गरेका छन् ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  २ : ४० बजे

वाम शक्तिबीच ध्रुवीकरण अहिलेको आवश्यकता हो : प्रचण्ड

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले

होटलको चौथो तलाबाट लडेर कामदारको मृत्यु

झापा – मेचीनगर नगरपालिका–१० धुलाबारीमा निर्माणाधीन होटलबाट खसेर आज एक

मन्त्री गुप्ताले भने : अफवाह र अनर्गल आरोपबाट देशको भलो हुँदैन

काठमाडौं – युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले आफ्नो अमेरिका

कांग्रेस विशेष महाधिवेशनमा जुलुसका लागि छ वटा रुट, यस्तो छ तालिका

काठमाडौँ- नेपाली कांग्रेसको दोस्रो विशेष महाधिवेशन पुस २७ र २८

एनआरएनएले भन्यो : मन्त्री गुप्तालाई औपचारिक रूपमा नै आमन्त्रण गरिएको हो

काठमाडौं – गैरआवासीय नेपाली संघ (एनआरएनए)ले युवा तथा खेलकुद मन्त्री