चिकित्सकको सल्लाहपछि नेयमार मैदान बाहिर, च्याम्पियन्स लिगको महत्त्वपूर्ण खेल गुमाउने | Khabarhub Khabarhub

चिकित्सकको सल्लाहपछि नेयमार मैदान बाहिर, च्याम्पियन्स लिगको महत्त्वपूर्ण खेल गुमाउने


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ब्राजिल तथा पेरिस सेन्ट जर्मेन (पीएसजी) का स्टार नेयमार चोटका कारण पुनः टिमबाट केही समय बाहिर रहने भएका छन् । पैतालामा चोट लागेपछि चिकित्सकहरुको सल्लाहपछि उनलाई साँढे दुई महिना मैदान बाहिर रहने क्लबले जानकारी दिएको छ ।

अघिल्लो सिजनमा खुट्टा भाँचिएपछि ५ महिना मैदान बाहिर रहेका नेयमारको पुन उही खुट्टामा चोट लागेपछि १० हप्ता आराम गर्न डाक्टरले सल्लाह दिएका छन् ।

२५ फ्रेबु्रअरी २०१८ मा मर्सेलीसँगको खेलमा खुट्टा भाँचिएपछि लडेका नेयमारले विश्वकप २०१८ मा ब्राजिलको राष्ट्रिय टोलीबाट जुन महिनामा पुनरागमन गरेका थिए ।

नेयमार जनवरी २३ मा स्टार्सबर्गसँगको खेलमा चोट लागेपछि टिमबाट बाहिर रहने भएका हुन् । चोटग्रस्त भएका उनले च्याम्पियन्स लिगमा म्यान्चेष्टर युनाईटेडविरुद्वको दुबै लेगको खेल गुमाउनेछन् ।

पीएसजीले अन्तिम १६ अन्तर्गत पहिलो लेगका खेलमा फेबु्रअरी १२ मा ओल्डट्राफोर्डको भ्रमण गर्नेछ भने मार्च ६ मा घरेलु मैदानमा म्यान्चेष्टर युनाईटेडलाई आतिथ्यता प्रदान गर्नेछ ।

बार्सिलोनाबाट किर्तीमानी रकममा पीएसजी पुगेका नेयमार लगातार दुई सिजनका खेलमा चोटग्रस्त हुँदा उनलाई भाग्यले साथ नदिएको विश्लेषण अन्तर्राष्ट्रिय फुटबल पण्डितहरुले गर्न थालेका छन् ।

पीएसजीका प्रशिक्षक थोमस टुचेलले केही समय अगाडि नेयमार कहिले टिममा फर्किन्छन् भनेर भन्न नसकिने बताएका थिए ।

च्याम्पियन्स लिगको अन्तिम —१६ का लेगमा नेयमार टिम बाहिर रहने भएपछि टिमलाई केही असहज भएपनि सन्तुलन मिलाउने प्रशिक्षक टुचेलले बताइसकेका छन् ।

नेयमारले पीएसजीलाई लिग वानको शीर्ष स्थानमा राख्न महत्वपूर्ण भूमिका खेलेका थिए । उनले यो सिजनमा पीएसजीबाट २० गोल समेत गरिसकेका छन् ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  ३ : ५५ बजे

उज्बेकिस्तानविरुद्ध नेपालले फर्कायो गोल

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

नेपालविरुद्ध उज्बेकिस्तानलाई २–० को अग्रता

काठमाडौं – एएफसी महिला एसियन कप छनोट अन्तर्गत समूह ‘एफ’

मुङखेती गर्ने दुई सय २४ जनालाई अनुदान

कञ्चनपुर – शुक्लाफाँटा नगरपालिकाले मुङखेती गर्ने दुई सय २४ जना

गण्डकी प्रदेशस्तरीय महिला टी-२० क्रिकेटको उपाधि स्याङ्जालाई

कास्की – गण्डकी प्रदेशस्तरीय टी–२० महिला क्रिकेट प्रतियोगिताको उपाधि स्याङ्जाले

राजेन्द्र लिङ्देन भन्छन्ः राप्रपाको नेतृत्वमा मात्र विकास सम्भव छ

मोरङ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक