राजेन्द्र लिङ्देन भन्छन्ः राप्रपाको नेतृत्वमा मात्र विकास सम्भव छ | Khabarhub Khabarhub

राजेन्द्र लिङ्देन भन्छन्ः राप्रपाको नेतृत्वमा मात्र विकास सम्भव छ


२१ असार २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


72
Shares
  • change font
  • change font
  • change font

मोरङ – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिक दलले जनताले अनुभूति गर्नेगरी मुलुकको समग्र पक्षको विकास गर्नुपर्नेमा जोड दिएका छन्।

राप्रपा विराटनगर नगर समितिको आज उद्घाटन गर्दै उनले राप्रपाको नेतृत्वमा मात्र जनताले अनुभूति गर्ने किसिमको मुलुकको सम्पूर्ण विकास सम्भव रहेको धारणा राखे ।

जनताको मतद्वारा राप्रपाको नेतृत्वमा सरकार निर्माण गरी मुलुकको विकासका साथै पार्टीको एजेण्डालाई कार्यान्वयन गरिने उनले प्रष्ट पारे । उनले पार्टीको सङ्गठन सहरदेखि गाउँसम्म निर्माण गरी जनताको समस्या समाधानतर्फ लाग्न कार्यकर्ताहरूलाई आग्रह गरे ।

अध्यक्ष लिङ्देनले राप्रपा मुलुकको एक मात्र प्रजातान्तिक पार्टी भएकाले गाउँको एउटा ठिटो केन्द्रीय अध्यक्ष बन्न सफल भएको चर्चा गर्दै भ्रष्टाचार नियन्त्रण गरी मुलुकमा सुशासन कायम गर्ने मार्ग पार्टी रहेको बताए ।

पार्टीका महामन्त्री प्रल्हादप्रसाद साहले मध्यावधि निर्वाचन जहिले पनि हुनसक्ने भएको कार्यकर्ताहरूलाई जनताको घरदैलोमा जान आग्रह गरे । पार्टीका प्रदेश अध्यक्ष राम थापा, जिल्ला अध्यक्ष गोपाल कटुवाल र मनोज बस्नेत लगायतले जनतालाई सर्वोपरी मानी कार्य गर्नुपर्नेमा जोड दिए ।

अध्यक्ष लिङ्देनले पत्रकार अशोक पौडेलद्वारा लिखित ‘पत्रकारितामा जीवनको तीन दशक भाग–१’ सार्वजनिक गरेका थिए ।

प्रकाशित मिति : २१ असार २०८२, शनिबार  ८ : ३७ बजे

आज २०८२ साल साउन १ गते बिहीबारको राशिफल

काठमाडौं – आज २०८२ साल असार १ गते बिहीबार। साउन

पुनर्निर्माण गरिँदै ऐतिहासिक बरेटार शिवमन्दिर

लमजुङ – सुन्दरबजार नगरपालिका–६ स्थित बरेटार शिवमन्दिरको पुनर्निर्माण सुरु गरिएको

सिरियामा इजरायली एयरस्ट्राइक : रक्षा मुख्यालयमा आक्रमण, टेलिभिजन लाइभमै देखियो बमबारी

दमास्कस – इजरायलले बुधबार सीरियाको राजधानी दमास्कसस्थित रक्षा मुख्यालयमा हवाई

चिकित्सा शिक्षा आयोगको २०औँ बैठक : पिसिएल नर्सिङको कोटा निर्धारण

काठमाडौं – चिकित्सा शिक्षा आयोगको आजको २०औँ बैठकले प्राविधिक तथा

छाउगोठमा महिलाको मृत्युबारे स्थलगत अनुगमन

धनगढी – सुदूरपश्चिम प्रदेश सभाको सामाजिक विकास समितिले कञ्चनपुरका छाउपडी