महिला गोल्डकप प्रतियोगितामा नेपालकाे पहिलो प्रतिद्वन्द्वी म्यान्मार « Khabarhub

महिला गोल्डकप प्रतियोगितामा नेपालकाे पहिलो प्रतिद्वन्द्वी म्यान्मार


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडाैं– भारतको भूवनेश्वरमा यही माघ २६ गतेदेखि फागुन ३ गतेसम्म हुने महिला गोल्डकप प्रतियोगितामा नेपालले पहिलो प्रतिद्वन्द्वी म्यान्मा पाएको छ ।

भारतीय फुटबल महासङ्घले आज सार्वजनिक गरेको खेल तालिकाअनुसार नेपालले पहिलो खेल यही माघ २६ गते म्यानमारसँग खेल्नेछ । आसन्न साफ च्याम्पियनसिप र ओलम्पिक छनोटलाई लक्षित गर्दै भारतले प्रतियोगिताको आयोजना गरेको हो ।

अन्तिम समयमा श्रीलङ्काले प्रतियोगिता नखेल्न जनाएपछि इरानलाई प्रतियोगितामा सहभागी गराइएको महासङ्ले जनाएको छ । प्रतियोगितामा नेपालसहित इरान, म्यान्मा र आयोजक भारत सहभागी छन् । नेपालले दोस्रो खेलमा यही माघ २८ गते भारतसँग र तेस्रो खेलमा नेपालले आगामी फागुन १ गते इरानसँग खेल्नेछ ।

राउण्ड रोबिन लिगका आधारमा सञ्चालन हुने प्रतियोगिताका शीर्ष दुई टोली फाइनल पुग्नेछन् । फाइनल खेल फागुन ३ गते हुनेछ । प्रतियोगिताको तयारीका लागि नेपाली टोली अहिले झापामा बन्द प्रशिक्षणमा रहेको छ ।

नेपाली टोलीमा गोलकिपर एन्जिला तेम्वाप्पो सुब्बा, अन्जना रानामगर, उषा नाथ, डिफेन्डर हीराकुमारी भुजेल, गीता राना, पुनम जर्गा मगर, अमृता जैशी, कविता धिमाल, सुनिता चौधरी, पुजा राना, मनमाया लिम्बू, मिडफिल्डरमा विमला चौधरी, अनिता बस्नेत, दीपा राई, मञ्जली योञ्जन, शर्मिला थापा, सरु लिम्बू, रेनुका नगरकोटी र स्ट्राइकरमा अनु लामा, रेखा पौडेल, निरु थापा (कप्तान), सावित्रा भण्डारी तथा अनिता केसी छन् ।

पहिलो पटक साफ च्याम्पियनसिप जित्ने लक्ष्यसहित नेपाली महिला टोली पूर्वराष्ट्रिय खेलाडी हरि खड्काको प्रशिक्षणमा छ । झापाबाट नेपाली टोली मङ्गलबार भारत जाने अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले जनाएको छ ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  ५ : ३८ बजे

अर्थमन्त्री वाग्ले भारत भ्रमण सकेर स्वदेश फर्किए

काठमाडौं – अर्थमन्त्री डा. स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमण सकेर

मध्यावधि चुनावअघि ट्रम्पले सार्वजनिक गरे २५ ‘शीर्ष उपलब्धि’

वासिङटन – राष्ट्रपति डोनाल्ड ट्रम्पले शरणार्थी भर्ना पूर्ण रूपमा रोकेको

कोरला नाकाबाट भित्रिन थाले भेडाच्याङ्ग्रा

मुस्ताङ – नेपाल–चीन उत्तरी कोरला नाकाबाट पहिलो पटक भेडाच्याङ्ग्रा भित्रन

देवानगञ्ज घटनाबारे प्रहरीको आग्रह – यथार्थ बुझेर मात्र समाचार सम्प्रेषण गर्नू

इनरुवा – सुनसरीको देवानगञ्ज गाउँपालिका–१ मध्येहर्षाहीस्थित बीपी चोकमा भएको झडपको

काठमाडौं उपत्यकामा राति चल्ने बस बढाइयो, ६ रुटमा २८ विद्युतीय बस (तस्बिरहरू)

काठमाडौं – साझा यातायातले काठमाडौं उपत्यकामा रात्रिकालीन सार्वजनिक यातायात सेवा