भेनेजुएलामा सरकार गिर्ने सम्भावना कति ? | Khabarhub Khabarhub

भेनेजुएलामा सरकार गिर्ने सम्भावना कति ?


१९ माघ २०७५, शनिबार  

पढ्न लाग्ने समय : 3 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भेनेजुएलामा अहिले अमेरिकाले राजनीतिक तथा आर्थिक दबाब दिइरहेको छ । केही दिन अघिमात्रै भेनेजुएलाका विपक्षी नेता हुआँ गुआइदोले आफूले आफैँलाई राष्ट्रपति घोषणा गरेपछि अमेरिकाले उनैलाई राष्ट्रपति मान्दै आएको छ । अमेरिकाले यदि मादुरोले सत्ता नछाडे सैनिक आक्रमण नै गर्ने सम्भावना पनि उस्तै रहेको बताइन्छ । आखिर कुनै विदेशी शक्तिले कुनै मुलुकको शासन गिराउन के सम्म गर्दा रहेछन् त ?

१) चुनाव – यदि कुनै लोकतान्त्रिक देशको सत्ता आफूअनुकूल छैन भने विदेशी तत्व त्यो देशमा भरसक अर्को चुनावसम्म पर्खिन्छ । चुनावअघि त्यो देशको वर्तमान सत्ताविरुद्ध ठूलो राजनीतिक प्रोपागाण्डा मच्चाइन्छ र मतदातालाई आफूअनुकूलको शासन स्थापित गराउन सक्दो प्रयत्न गरिन्छ । यसको गतिलो उदाहरण भारतमा अहिले शासन चलाइरहेको बिजेपी छ । (बाहिर जे देखिए पनि पर्दा पछाडि के भइरहेको छ भन्ने अनुमान गर्न सकिन्छ)

२) कुडेटा – कुनै सत्ता आफ्नो स्वार्थ अनुसारको छैन भने विदेशी तत्वले सैनिक कु पनि गर्ने रहेछ । यसको एउटा शर्त चैँ के हुनु प¥यो भने त्यहाँको सेनाको कुनै तप्का र वर्तमान सत्ताबीच कुनै न कुनै किसिमको द्वन्द्व हुनुप¥यो । लोकतान्त्रिक विधिबाट सत्ता परिवर्तन नहुने अवस्थामा यो विकल्प प्रयोग गर्ने रहेछ विदेशी तत्वले । अफ्रिका, ल्याटिन अमेरिका र एशियाका दर्जनौं, उस्तै परे सयौं देशका इतिहास र वर्तमानमा यस्ता घटना देखिन्छ । पछिल्लो घटना सन् २०१६ मा टर्कीमा भएको घटना भइहाल्यो ।

३) जनप्रदर्शन र गृहयुद्ध – जुन देशको सत्ता चुनाव र कुडेटाले गिराउन सकिन्न त्यसपछि पालो आउँछ जनप्रदर्शन र गृहयुद्ध निम्त्याउने । चुनाव प्रभावित पारेर जुन देशमा आफूअनुकूल सत्ता स्थापना गर्न सकिन्न र जुन देशको सेना त्यहाँको सत्ताको कठोर नियन्त्रणमा छ, विदेशी तत्वले त्यसपछि त्यो देशमा रहेका आफ्नो रणनीतिक सम्पत्तिलाई प्रयोग गरी जनप्रदर्शन निम्त्याउँछ, जनप्रदर्शनले भरसक त्यहाँको सत्ता ढल्छ, त्यो पनि भएन भने जनप्रदर्शन उग्र बन्दै गएर गृहयुद्धको रुप लिन्छ । गृहयुद्धमा विदेशी तत्वले सत्ता गिराउन विद्रोहीलाई सक्दो सहयोग पनि गर्छ । यसको उदाहरण युक्रेन तथा अन्य पूर्व सोभियत मुलुकमा भएका रंगीन क्रान्ति र सिरियामा जारी गृहयुद्ध, केही वर्ष अघिका अरब क्रान्ति लगायत लिबिया छन् ।

४) सैनिक आक्रमण – जब चुनाव, कुडेटा, जनप्रदर्शन र गृहयुद्धले केही पार लगाउन सक्दैन तब शुरु हुन्छ सैनिक आक्रमण । जुन मुलुकमा चुनाव वा कुडेटाबाट सत्ता परिवर्तन हुने अवस्था छैन र त्यहा जनप्रदर्शन गराउने स्थिति छैन तब विदेशी तत्वले त्यो देशमा सैनिक आक्रमण थाल्ने रहेछ । तर, यसको एउटा शर्त चैँ के हुनु प¥यो भने त्यो देशको सेना अत्यन्त कमजोर हुनुप¥यो । त्यो देशको सेनाले आफ्नो देशको रक्षा गर्ने वा उस्तै परे विदेशीलाई नै हान्ने क्षमता राख्छ भने त्यहाँ सैनिक आक्रमण सम्भव छैन । यसको पछिल्लो उदाहरण अफगानिस्तान हेरौँ, इराक हेरौँ ।

५) घुसपैठ – कुनै देशको सत्ता गिराउने वा आफूअनुकूल नरहेको सत्तालाई आफ्नो स्वार्थ अनुसारको बनाउने यो प्रक्रिया अत्यन्त जटिल छ । यसमा विदेशी तत्वले के गर्छ भने आफ्नो गोप्य मानिसलाई त्यो सत्ताको अलि ठूलै पदमा धेरै सावधानीपूर्वक राख्दछ । त्यसपछि कालान्तरमा त्यो विदेशी एजेन्टले त्यो सत्ताको नेतृत्व लिन्छ र विदेशी अनुकूल काम गर्न थाल्छ । यसको उदाहरण सोभियत संघका मिखाइल गोर्भाचेभ र रुसका बोरिस याल्त्सिन छन् । चिनियाँ कम्युनिष्ट पार्टीमा पनि यस्तै केही भइरहेको छ कि भन्ने आशंका त छ ।

निर्वाचनबाट निकोलस मदुरोलाई गिराउन नखोजिएको पनि होइन । यद्यपि सन् २०१५ मा भएको निर्वाचनमा निकोलस मदुरोको पार्टी संयुक्त समाजवादी पार्टी पराजित पनि भएको हो । तर, राष्ट्रपति मदुरोले त्यस चुनावबाट विजयी भएको संसद्लाई मान्यता नदिएपछि त्यो त्यतिकै भयो । त्यसयता भएका चुनाव विपक्षीले बहिष्कार गर्दै आएका छन् ।

अर्कोतर्फ भेनेजुएलाको सेना राष्ट्रपति निकोलस मदुरोको पक्षमा छ । यसले सैन्य ‘कु’ गर्ने सम्भावना निकै न्यून छ । सैन्य ‘कु’का लागि भेनेजुएलाका विपक्षीले सेनालाई फकाइफुलाइ गरिरहेको पनि समाचारमा देखिँदै आएको छ । सेनाले के गर्ला त्यो भने समयले बताउला ।

अहिले भेनेजुएलाको सरकारविरुद्ध व्यापक जनप्रदर्शन भइरहेको बताइन्छ । त्यही जनप्रदर्शनमार्फत् नै गुआइदोले आफूले आफैँलाई राष्ट्रपति घोषणा गरेका हुन् । त्यसबाहेक भेनेजुएलाको सेनामा रहेका भगौडाहरुले मदुरोविरुद्ध युद्ध गर्नका लागि अमेरिकासँग हतियारको माग गरिरहेको सिएनएनले समाचार हालिसकेको छ । यसबाट भेनेजुएला गृहयुद्धको बाटोमा त गइरहेको छैन ? भन्ने आशंका पनि छ ।

भेनेजुएलामा अमेरिकाले सैनिक आक्रमण गर्ने सम्भावना कम छैन । केही दिन अघि मात्रै अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जोन बोल्टनले एउटा कागजमा ‘कोलम्बियामा ५ हजार सैनिक’ लेखिएको देखिएको थियो । यसबाट अमेरिकाले भेनेजुएलामा सैनिक आक्रमण नगर्ला पनि भन्न सकिने अवस्था छैन । त्यसबाहेक अमेरिकी विदेशमन्त्री माइक पोम्पेओ तथा राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि भेनेजुएलाका लागि सबै विकल्प खुला रहेको बताएका छन् । अमेरिकाले भेनेजुएलामा कस्तो कदम चाल्ला ? त्यो भने समयले देखाउने छ । तर, भेनेजुएलामा निकोलस मदुरोको सरकार धेरै टिक्लाजस्तो देखिँदैन ।

प्रकाशित मिति : १९ माघ २०७५, शनिबार  ६ : ५७ बजे

इम्बोस्ड नम्बर प्लेटबारे यसअघिको निर्णयबाट पछि हटयो सरकार, अब स्वैच्छिक मात्रै

काठमाडौं- इम्बोस्ड नम्बर प्लेट जडानका सम्बन्धमा यसअघिको निर्णयबाट सरकार पछाडी

मन्त्री पाण्डेले दिए पर्वतारोहण सङ्घका नवनिर्वाचित कार्यसमितिलाई बधाई

काठमाडौं– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपाल पर्वतारोहण

उखु किसानलाई अनुदान रकम निकासा, पर्सिसम्म किसानको खातामा रकम पुग्ने

काठमाण्डौं– सरकारले उखु किसानहरुलाई प्रोत्सहान, अनुदानबापतको रकम आज निकासा गरेको

हैजा फैलिएपछि वीरगञ्जका विद्यालय भदौ १३ सम्म बन्द

वीरगञ्ज- पर्साको वीरगञ्ज महानगरपालिकाभित्रका विद्यालयहरू भदौ १३ सम्म बन्द गरिने

ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको पदमा निर्विराेध निर्वाचित

काठमाडौं- नेपाली कांग्रेसकी सांसद् ईश्वरी न्यौपाने राज्य व्यवस्था तथा सुशासन