पश्चिमका पहाडी भू-भागमा आज हावाहुरीसहित वर्षाको सम्भावना « Khabarhub

पश्चिमका पहाडी भू-भागमा आज हावाहुरीसहित वर्षाको सम्भावना


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जल तथा मौसम विभाग अन्तर्गतको मौसम पूर्वानुमान महाशाखाले आज दिउँसो मुलुकका पूर्वी लगायात मध्य पहाडी तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखी सामान्य बदली रहने जनाएको छ ।

महाशाखाले अपरान्ह पश्चात देशको पुर्वी भू-भागका थोरै स्थानहरुमा र पश्चिमी पहाडी तथा मध्य पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जनका साथै हावाहुरीको सम्भावना रहेको पूर्वानुमान गरेको छ ।

त्यस्तै राति देशको पुर्वी भू-भाग लगायात मध्य पहाडी भू-भागमा आंशिक बदलि रहने महाशाखाले जनाएको छ । देशको पुर्वी भू-भागका राति एक दुइ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना रहेको पूर्वानुमान गरिएको छ ।

बुधबार पनि देशको पुर्वी भू-भाग लगायत मध्य पहाडी तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिकदेखि सामान्य बदली रहनेछ भने बाँकी भू-भागहरुमा आंशिक बदलि रहनेछ ।

बुधबार (भोलि) अपरान्ह पश्चात देशको पुर्वी पहाडी भू-भागका थोरै स्थानमा, मध्य पहाडी तथा पश्चिमी पहाडी भू-भागका एक दुई स्थानमा मेघ गर्जनसहित हावाहुरीको सम्भावना रहेको विभागले पूर्वानुमान गरेको छ । बुधबार राति देशको पहाडी भू-भागहरुमा आंशिक बदली रहनेछ भने बाँकी भू-भागहरुको मौसम सफा रहने जनाइएको छ।

मौसम पूर्वानुमान महाशाखाले विहीबार दिउँसो देशको पूर्वी भू-भाग लगायत मध्य पहाडी तथा पश्चिमी पहाडी भू-भागहरुमा आंशिक देखि सामान्य बदली रहने जनाएको छ ।

विहीबार अपरान्ह पश्चात देशको पुर्वी पहाडी भू-भागका थोरै स्थानमा, मध्य पहाडी तथा पश्चिमी पहाडी भू-भागका एक दुइ स्थानमा मेघ गर्जन सहित क्षणिक वर्षाको संभावना रहेको महाशाखाले जनाएको छ ।

त्यसैगरी रातिको समयमा भने विहीबार पहाडी भू-भागहरुमा आंशिक बदली हुने देखिए पनि बाँकी भू-भागहरुको मौसम भने सामान्य रहने जनाइएको छ ।

 

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १० : ०१ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै