बोरामा शव बोकेर हिँडिरहेका २ जना पक्राउ « Khabarhub

बोरामा शव बोकेर हिँडिरहेका २ जना पक्राउ


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– चितवनको भरतपुरबाट २ जना व्यक्ति शवसहित पक्राउ परेका छन् ।

बोरामा शव बोकेर हिँडिरहेका २ जनालाई भरतपुर महानगरपालिकाअन्तर्गतको गणेश चोकबाट पक्राउ गरेको हो ।

वडा प्रहरी कार्यालय नारायणगढबाट मोबाइ गस्तीमा खटिएको प्रहरी टोलीले शंकाको आधारमा चेकजाँच गर्दा २ जना व्यक्ति शवसहित पक्राउ परेका हुन् ।

पक्राउ पर्नेमा भारत मोतिहारी घर भएका ४० वर्षीया देवी साह र २६ वर्षी दिगन साह छन् । बरामद भएको शव उनीहरुकी बहिनी १७ वर्षीया परिकुमारी साहको रहेको प्रहरीको भनाइ छ ।

प्रहरीसँगको बयानका क्रममा उनीहरुले बहिनीको शव दाससंस्कारका लागि नारायणी नदीतर्फ लैजान लागेका बताएका छन् ।

बयानका क्रममा उनीहरुले बहिनी परिकुमारीले पासो लगाएर आत्महत्या गरेको बताएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  १० : ५२ बजे

बेनी–ढोरपाटन–तकसेरा जोड्ने सडकमा गाडी चल्न थाले

मुना– गण्डकी प्रदेशको बेनी–ढोरपाटन हुँदै लुम्बिनी प्रदेशको तकसेरा जोड्ने सडकमा

‘निर्वाचनका सन्दर्भमा केही नीतिगत सुधारको अझै खाँचो छ’

काठमाडौं– भर्खरै सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचन शान्ति, सुरक्षा र व्यवस्थापकीय

विद्युत् चुहिएर आगलागी हुँदा दुई लाखको क्षति

दमौली – व्यास नगरपालिका–५ मानुङकोटस्थित एक होटलमा आगलागी हुँदा करिब

रौतहटमा ‘स्वाइन फिभर’लागेर बङ्गुर मर्न थाले

चन्द्रपुर- चन्द्रपुर नगरक्षेत्रमा स्वाइन फिभर लागेर बङ्गुर मर्न थालेका छन्

रास्वपाको बलियो सरकारसँग कलाकर्मीको अपेक्षा, ‘चलचित्र बोर्डलाई स्वायत्त बनाइयोस्’

काठमाडौं- आफ्नो घोषणा पत्रमा ‘फिल्म क्षेत्र’ भन्ने शब्द नै नराखेको