तेल अविव– ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो ४ दिने औपचारिक भ्रमणका क्रममा इजरायल पुगेका छन् । राष्ट्रपति बोल्सोनारो र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सोमबार जेरुसेलमको एक पुरानो शहर वेस्टर्न वाल पुगेका थिए ।
यो शहरलाई जियुजहरुको एक पवित्र तीर्थस्थलका रुपमा लिइन्छ । कतिपय देशले यो वेस्टर्न वाल शहरलाई इजरायलको भू–भागका रुपमा पनि स्वीकार गर्न मान्दैनन् ।
ब्राजिलका राष्ट्रपति र इजरायलका प्रधानमन्त्री सो शहरमा केही समय रहेका थिए । उनीहरुले त्यहाँ पुगी उक्त तीर्थस्थलमा प्रार्थना गरेका थिए ।
राष्ट्रपति बोल्सोनारोले जेरुसेलममा ब्राजिलले व्यापार तथा सूचना प्रविधिसम्बन्धी कार्यालय खोल्ने घोषणा पनि गरेका थिए । ब्राजिलले यस्तो कार्यालय खोल्ने कार्यक्रमको घोषणा गर्नु भनेको जेरुसेलममा ब्राजिलले आफ्नो दूतावास खोल्न लागेको कुराको संकेत भएको इजरायलले जनाएको छ ।
सो कार्यालय खोल्ने कार्यक्रमको घोषणा गरेलगत्तै ब्राजिलियन राष्ट्रपति बोल्सोनारोले इजरायलमा व्यापार प्रवर्द्धन र लगानीका लागि सो कार्यालय स्थापना गर्न लागिएको जानकारी आफ्नो ट्वीट अकाउन्टमार्फत गराएका छन् ।
प्रतिक्रिया