ब्राजिलका राष्ट्रपति इजरायल भ्रमणमा « Khabarhub

ब्राजिलका राष्ट्रपति इजरायल भ्रमणमा


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेल अविव– ब्राजिलका राष्ट्रपति जेयर बोल्सोनारो ४ दिने औपचारिक भ्रमणका क्रममा इजरायल पुगेका छन् । राष्ट्रपति बोल्सोनारो र इजरायलका प्रधानमन्त्री बेन्जामिन नेतान्याहु सोमबार जेरुसेलमको एक पुरानो शहर वेस्टर्न वाल पुगेका थिए ।

यो शहरलाई जियुजहरुको एक पवित्र तीर्थस्थलका रुपमा लिइन्छ । कतिपय देशले यो वेस्टर्न वाल शहरलाई इजरायलको भू–भागका रुपमा पनि स्वीकार गर्न मान्दैनन् ।

ब्राजिलका राष्ट्रपति र इजरायलका प्रधानमन्त्री सो शहरमा केही समय रहेका थिए । उनीहरुले त्यहाँ पुगी उक्त तीर्थस्थलमा प्रार्थना गरेका थिए ।

राष्ट्रपति बोल्सोनारोले जेरुसेलममा ब्राजिलले व्यापार तथा सूचना प्रविधिसम्बन्धी कार्यालय खोल्ने घोषणा पनि गरेका थिए ।  ब्राजिलले यस्तो कार्यालय खोल्ने कार्यक्रमको घोषणा गर्नु भनेको जेरुसेलममा ब्राजिलले आफ्नो दूतावास खोल्न लागेको कुराको संकेत भएको इजरायलले जनाएको छ ।

सो कार्यालय खोल्ने कार्यक्रमको घोषणा गरेलगत्तै ब्राजिलियन राष्ट्रपति बोल्सोनारोले इजरायलमा व्यापार प्रवर्द्धन र लगानीका लागि सो कार्यालय स्थापना गर्न लागिएको जानकारी आफ्नो ट्वीट अकाउन्टमार्फत गराएका छन् ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  २ : ५६ बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील