काठमाडौं– आदरणीय पाठकवृन्द ! खबरहब डटकमले हरेक शुक्रबार साताभरिका आर्थिक खबरलाई समेटेर ब्रिफिङ पस्कने गरेको छ । एक साताका मुख्य घटनामा ‘रि–भिजिट’ गरिएको यो सामग्री पाठकहरुका लागि उपयोगी हुन सक्छ ।
सडकमै नयाँ नोटको व्यापार (तस्बिरहरू)
रत्नपार्कस्थित फुटपाथमा दसैँका लागि सर्वसाधारण नोट साटिरहेका छन् । व्यापारीलाई अतिरिक्त शुल्क (कमिसन) तिरेर ५, १०, २०, ५० र १०० रुपैयाँ दरका नयाँ तथा सुकिला नोट साटेको भेटिन्छ ।
यहाँ फुटपाथमा बस्नेले लाइन बसेर नयाँ तथा सुकिला नोट साट्ने र दसैँको समयमा सडकमा त्यसको व्यापार गर्ने गरेका छन् ।
यसले लाइन बस्न समय नहुने, झन्झट मान्ने सर्वसाधारणलाई सहज भएको छ भने नोट साट्न बसेका व्यापारीलाई पनि धेरथोर आम्दानी हुने गरेको छ ।
पोखरा–दुबई उडान : वर्षदिनको टिकट बुकिङ खुला
नबिल बैंकको नबिल भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा
बालेन नेतृत्वको सरकारको ३ महिनामा थप १.५४ प्रतिशतले बढ्यो जीडीपी
राष्ट्रिय तथ्याङ्क कार्यालयले चालु आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिकको राष्ट्रिय लेखा अनुमान सार्वजनिक गर्दै आधारभूत मूल्यमा देशको कुल गार्हस्थ्य उत्पादन (जीडीपी) वृद्धिदर अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४ प्रतिशत रहने प्रारम्भिक अनुमान प्रस्तुत गरेको छ ।
कार्यालयले अन्तर्राष्ट्रिय मुद्रा कोषको अरिमा विधिको प्रयोग गरी तयार पारेको मौसमी प्रभाव समायोजित तथ्याङ्क अनुसार भने तेस्रो त्रैमासिक (माघ, फागुन र चैत) को तुलनामा चौथो त्रैमासिकमा जीडीपी १.५४ प्रतिशतले बढेको देखाएको हो । जुन वर्तमान सरकारको पहिलो त्रैमासिक अवधि हो ।

आर्थिक वर्ष २०६७/६८ लाई आधार वर्ष मानेर स्थिर मूल्यमा मापन गरिएका यी अनुमानहरूले अर्थतन्त्रका अधिकांश क्षेत्रहरू सकारात्मक दिशातर्फ उन्मुख रहेको सङ्केत गरेका छन् ।
विद्युत उत्पादन, प्रसारण तथा वितरण, बैंक तथा वित्तीय संस्थाको निक्षेप सङ्कलन एवम् ऋण प्रवाह, निर्जीवन बीमा प्रिमियम सङ्कलन र आवास तथा भोजन सेवाजस्ता क्षेत्रमा भएको विस्तारले समग्र आर्थिक वृद्धिमा मुख्य योगदान पुर्याएको छ । यद्यपि, सरकारी खर्चमा आएको कमी तथा आन्तरिक औद्योगिक र कृषि उत्पादनमा भएको सामान्य वृद्धिका कारण यस त्रैमासिकको समग्र आर्थिक वृद्धिदर सामान्य अवस्थामा नै सीमित रहेको देखिन्छ ।
भदौमा मात्रै २ खर्ब २१ अर्ब विप्रेषण भित्रियो
म्याक्स टाइगरको क्यान खोल्दा भाग्य चम्कियो, नरबहादुरलाई स्कुटर र मोहनलाई बाइक
दुई महिनामा झण्डै साढे ४ खर्ब भित्रियो रेमिट्यान्स
४० खर्ब नाघ्यो विदेशी विनिमय सञ्चिति
सल्लाघारीमा मुस्ताङका च्याङ्ग्रा बिक्री सुरु, मूल्य प्रतिकेजी १३०० रुपैयाँसम्म (तस्बिरहरू)
नयाँ सहर आयोजनाबाट २९ करोड ५० लाखका पूर्वाधार योजना कार्यान्वयन हुँदै
नयाँ सहर आयोजना कार्यालय डुम्रे भन्सारले चालु आर्थिक वर्ष २०८३/८४ मा तनहुँ, गोरखा र आसपासका क्षेत्रमा पूर्वाधार विकासका लागि २९ करोड ५० लाख रुपैयाँका योजना छनोट गरेको छ ।
गुरुयोजनाअनुसार सडक स्तरोन्नति, पर्यटकीय तथा सांस्कृतिक पूर्वाधार निर्माणलाई प्राथमिकता दिँदै विभिन्न योजना अघि बढाइएको कार्यालयका इन्जिनियर श्रीप्रसाद पाण्डेले जानकारी दिए ।

स्वीकृत बजेटबाट भानु नगरपालिका, बन्दीपुर गाउँपालिका र गोरखाको पालुङटार नगरपालिकामा सडक तथा पूर्वाधार विकासका कार्यक्रम सञ्चालन गरिनेछ ।
उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन
अलैँचीको मूल्य प्रतिमन ८४ हजार
उपभोग्य वस्तुमा कृत्रिम अभाव र मूल्यवृद्धि नगर्न प्रशासनको आग्रह
अन्नपूर्णको विपद् कोषमा एक करोड जुट्यो, पुनर्निर्माणमा ६६ लाख बढी खर्च
सरकारी कर्मचारीलाई स्वास्थ्य बीमामा आबद्ध गराउन स्वास्थ्य मन्त्रालयले पठायो पत्र
दोधारा-चाँदनी झोलुङ्गे पुल पुननिर्माणमा २० करोड लाग्ने अनुमान
कञ्चनपुरको ऐतिहासिक दोधारा चाँदनी झोलुङ्गे पुल पुनःनिर्माणका लागि २० करोड लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।
गत असोजको दोस्रो साता महाकाली नदीमा रहेको झोलुङ्गे पुलको एउटा पिल्लर भत्किएको र अन्य भागमा समेत क्षति पुगेपछि पुलमा आवागमन बन्द छ ।
काठमाडौँबाट सस्पेन्सन ब्रिज डिभिजनका उपमहानिर्देशक कमलकुमार अधिकारीको नेतृत्वमा आएको प्राविधिक टोलीले पुलको क्षति अध्ययन गरेको छ ।

उपमहानिर्देशक अधिकारीले आफूहरूले पुलको क्षतिको अवस्था र पुनःनिर्माणमा लाग्ने खर्च विवरणसहितको प्रतिवेदन स्थानीय पूर्वाधार विकास विभागमा प्रतिवेदन पेस गरेको जानकारी दिए ।
एनएमबि बैंक र र्यापिड टेकबीच ’नेपाल फिनटेक एक्सपो २०२६’ बैंकिङ सेवामा सम्झौता
एनसेल र सामसङबीच सहकार्य, ग्राहकलाई घरायसी विद्युतीय उपकरणमा ३१ प्रतिशतको छुट
दसैँ महँगिँदा खसी बजारमा चहलपहल कम (तस्बिरहरू)
भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति
भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले थप ४ स्थानीय तहमा भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको छ।

मन्त्रालयले गुल्मीको सत्यवती गाउँपालिका, मदाने गाँउपालिका, धुर्कोट गाँउपालिका र पाल्पाको रिब्दीकोट गाँउपालिकालाई भूमि बैंक स्थापना गर्न स्वीकृति दिएको हो। यससगैँ स्थानीय तहमा भूमि बैंक स्थापना गर्ने पालिकाको सख्या ९ पुगेको छ ।
विभागले गर्यो राजमार्गका रेष्टुरेन्टको स्तरीकरण, मुग्लिनको ‘दाल भात पावर’ मात्र ‘अति उत्तम’
आरुघाट पुल मर्मत तीव्र, दसैँअघि बेलिब्रिज राख्ने तयारी (तस्बिरहरू)
बडादशैं सुरु भएसँगै काठमाडौंमा खसीबोकाको कारोबार बढ्यो
घिरिङ र डेढगाउँ जोड्ने कालीगण्डकीको पुल सञ्चालन














प्रतिक्रिया