योजनाको आधार पत्रलाई अन्तिम रुप दिइँदै « Khabarhub

योजनाको आधार पत्रलाई अन्तिम रुप दिइँदै


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय विकास परिषदको बैठक यही चैत्र २० र २१ गते बस्ने भएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको २५ वर्षे दीर्घकालिन सोचसहितको १५ औं योजनाको आधार पत्रको मस्यौदालाई अन्तिम रुप दिन बुधबार (भोलि) र  विहीबार दुई दिन बस्ने गरी राष्ट्रिय विकास परिषदको बैठक बोलाइएको हो ।

मुलुकलाई समृद्ध बनाउने सूचकसहितको १५ औं योजनाको आधार पत्रलाई अन्तिम रुप दिन प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्षतामा रहेको राष्ट्रिय विकास परिषदको बैठक बोलाइएको राष्ट्रिय योजना आयोगका प्रवक्ता डा. किरण रुपाखेतीले जानकारी दिए ।

राष्ट्रिय विकास परिषद राष्ट्रिय योजनाहरुलाई अन्तिम रुप दिने सर्वोच्च निकाय हो । १५ औं योजनाको आधार पत्रको मस्यौदालाई अन्तिम रुप दिने गरी छलफल गर्न राष्ट्रिय परिषद बैठक बोलाइएको राष्ट्रिय योजना आयोगले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

प्रधानमन्त्री ओलीको अध्यक्षतामा बस्ने परिषद बैठकमा उपप्रधानमन्त्री, मन्त्रीहरु, प्रमुख प्रतिपक्ष दलका नेता, प्रदेश सरकारका मुख्य मन्त्रीहरु, संघीय संसदका विषयगत समितिका सभापतिहरु, निजी क्षेत्र, विज्ञहरुसहित करिव ३ सय ५० जनाको सहभागिता रहने पनि आयोगका प्रवक्ता रुपाखेतीले बताए ।

आयोगले ‘समृद्ध नेपालः सुःखी नेपाली’ बनाउने मुख्य लक्ष्यका साथ १५ औं योजनाको आधार पत्रको मस्यौदा तयार पारेको हो । मस्यौदालाई अन्तिम रुप दिन राष्ट्रिय विकास परिषदको बैठक बोलाइएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले बताए । उनले परिषद बैठकले आवश्यक सुझाव दिएपछि दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधार पत्र बैशाख पहिलो हप्ता भित्र सार्वजनिक गरिसक्ने पनि बताए ।

आयोगले तयार पारेको १५ औं योजनाको आधार पत्रको मस्यौंदामा कृषि, उर्जा, खनिज र पर्यटन क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने उल्लेख गरिएको छ । २५ वर्षे दीर्घकालीन सोचसहितको सो आधार पत्रको मस्यौदामा ५ वर्ष भित्र मुलुकमा समृद्धको सृजना गर्ने, १० वर्ष भित्र समृद्धिका लागि आवश्यक काममा तीव्रता दिने कार्यक्रम पनि समावेश गरिएको आयोगका प्रवक्ता डा. रुपाखेतीले बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ४ : ५० बजे

मोरक्कोसँग भिड्दै ब्राजिल : समर्थकको मन जित्न सफल होलान् त भिनिसियस ?

काठमाडौं – पाँच पटकको विश्व विजेता ब्राजिलले फिफा विश्वकप २०२६

सुर्खेतको हिरासतमा अचेत भेटिएका २१ वर्षीय युवकको मृत्यु

कर्णाली – जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक थुनुवाको

बङ्गलादेशमा मे महिनामा यातायातसम्बन्धी दुर्घटनाबाट ६७१ जनाको मृत्यु

ढाका – गत मे महिनामा बङ्गलादेशमा सडक, रेल र जलमार्ग

यस वर्ष कामपाका १२८ स्थान डुबानको जोखिममा

काठमाडौं – यस वर्षको मनसुनमा काठमाडौँ महानगरपालिले १२८ ठाउँमा डुबानको

दुर्गम जिल्लामा कांग्रेसको क्रियाशील सदस्यता अद्यावधिकको म्याद असार ७ सम्म थप

काठमाडौं । नेपाली कांग्रेसले पार्टीको १५औं महाधिवेशनलाई लक्षित गर्दै क्रियाशील