योजनाको आधार पत्रलाई अन्तिम रुप दिइँदै « Khabarhub

योजनाको आधार पत्रलाई अन्तिम रुप दिइँदै


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय विकास परिषदको बैठक यही चैत्र २० र २१ गते बस्ने भएको छ । राष्ट्रिय योजना आयोगले तयार पारेको २५ वर्षे दीर्घकालिन सोचसहितको १५ औं योजनाको आधार पत्रको मस्यौदालाई अन्तिम रुप दिन बुधबार (भोलि) र  विहीबार दुई दिन बस्ने गरी राष्ट्रिय विकास परिषदको बैठक बोलाइएको हो ।

मुलुकलाई समृद्ध बनाउने सूचकसहितको १५ औं योजनाको आधार पत्रलाई अन्तिम रुप दिन प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्षतामा रहेको राष्ट्रिय विकास परिषदको बैठक बोलाइएको राष्ट्रिय योजना आयोगका प्रवक्ता डा. किरण रुपाखेतीले जानकारी दिए ।

राष्ट्रिय विकास परिषद राष्ट्रिय योजनाहरुलाई अन्तिम रुप दिने सर्वोच्च निकाय हो । १५ औं योजनाको आधार पत्रको मस्यौदालाई अन्तिम रुप दिने गरी छलफल गर्न राष्ट्रिय परिषद बैठक बोलाइएको राष्ट्रिय योजना आयोगले मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गरी जानकारी गराएको छ ।

प्रधानमन्त्री ओलीको अध्यक्षतामा बस्ने परिषद बैठकमा उपप्रधानमन्त्री, मन्त्रीहरु, प्रमुख प्रतिपक्ष दलका नेता, प्रदेश सरकारका मुख्य मन्त्रीहरु, संघीय संसदका विषयगत समितिका सभापतिहरु, निजी क्षेत्र, विज्ञहरुसहित करिव ३ सय ५० जनाको सहभागिता रहने पनि आयोगका प्रवक्ता रुपाखेतीले बताए ।

आयोगले ‘समृद्ध नेपालः सुःखी नेपाली’ बनाउने मुख्य लक्ष्यका साथ १५ औं योजनाको आधार पत्रको मस्यौदा तयार पारेको हो । मस्यौदालाई अन्तिम रुप दिन राष्ट्रिय विकास परिषदको बैठक बोलाइएको राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा. पुष्पराज कँडेलले बताए । उनले परिषद बैठकले आवश्यक सुझाव दिएपछि दीर्घकालीन सोचसहितको १५ औं योजनाको आधार पत्र बैशाख पहिलो हप्ता भित्र सार्वजनिक गरिसक्ने पनि बताए ।

आयोगले तयार पारेको १५ औं योजनाको आधार पत्रको मस्यौंदामा कृषि, उर्जा, खनिज र पर्यटन क्षेत्रको विकास गरेर मुलुकलाई समृद्ध बनाउने उल्लेख गरिएको छ । २५ वर्षे दीर्घकालीन सोचसहितको सो आधार पत्रको मस्यौदामा ५ वर्ष भित्र मुलुकमा समृद्धको सृजना गर्ने, १० वर्ष भित्र समृद्धिका लागि आवश्यक काममा तीव्रता दिने कार्यक्रम पनि समावेश गरिएको आयोगका प्रवक्ता डा. रुपाखेतीले बताए ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ४ : ५० बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै