खाद्य अनुसन्धान अधिकृतविरुद्ध ३५ हजारको भ्रष्टाचार मुद्दा | Khabarhub Khabarhub

खाद्य अनुसन्धान अधिकृतविरुद्ध ३५ हजारको भ्रष्टाचार मुद्दा


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खाद्य आयात निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय नेपालगञ्जका कार्यालय प्रमुख (खाद्य अनुसन्धान अधिकृत) विनोद कुमार श्रीवास्तवविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको छ ।

भन्सारबाट आयात हुने चामललगायत अन्य सामाग्रीको चेकजाँच दस्तुर बझाए पनि प्रज्ञापन–पत्र बनाइदिने बहानामा श्रीवास्तवले सेवाग्रीसँग ३५ हजार रुपैयाँ घुस लिएका थिए ।

घुस लिएको रकमसहित पक्राउ परेका श्रीवास्तमाथि अनुसन्धान पछि भ्रष्टाचार मुद्दा दायर गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको उपसचिव मदन कोइरालाले जानकारी दिए ।

श्रीवास्तवविरुद्ध ३५ हजार रुपैयाँ बिगो तथा जरिवाना र भ्रष्टाचार निवारण ऐन २०५९ बमोजिम कैद सजाय माग गर्दै मंगलबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ५ : ०६ बजे

मोरङमा फागुन १३ देखि दादुरा–रुवेलाको खोप अभियान

मोरङ – मोरङ जिल्लामा यही फागुन १३ गतेदेखि दादुरा–रुवेला विरुद्धको

स्वीडेनमा प्रजननदर दुई दशककै न्यून

स्टकहोम – स्वीडेनमा गत वर्ष नवजात शिशुको सङ्ख्या दुई दशककै

आगलागीमा परी चार वर्षीय बालकको मृत्यु

झापा । झापामा आगलागीमा परी एक बालकको मृत्यु भएको छ। मृत्यु

अमेरिका पठाउने भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं । अमेरिका पठाइदिन्छु भन्दै १० लाख रूपैयाँ ठगी गरेको

आजका समाचार : संसद बैठकदेखि थापाथली अस्पतालबाट बच्चा चोरीसम्म

दिनभर आज सङ्क्रमणकालीन न्यायसम्बन्धी विधेयक छिटो टुंगाे लगाउन सांसदहरुको माग,