निर्वाचन आयुक्तमा सिफारिस थपलियाको विशेष समितिमा सुनुवाइ शुरु | Khabarhub Khabarhub

निर्वाचन आयुक्तमा सिफारिस थपलियाको विशेष समितिमा सुनुवाइ शुरु


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय सुनुवाई विशेष समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलिया र राष्ट्रिय समावेशी आयोगकी सदस्य विष्णुमाया ओझाको सुनुवाई प्रक्रिया सुरु गरेको छ ।

आयोगको मंगलबार सिंहदरबारमा बसेको बैठकले संवैधानिक परिषदद्धारा प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलिया र समावेशी आयोगकी सदस्य ओझाविरुद्ध उजुरी आह्वान गरेको हो ।

संवैधानिक परिषदको गत चैत्र ११ गते बसेको बैठकले थपलियालाई प्रमुख निर्वाचन आयुक्त र ओझालाई राष्ट्रिय समावेशी आयोगको सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । परिषदको सोही सफारिसमाथि सुनुवाई प्रक्रिया सुरु गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले भने प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा परिषदले सो निर्णय लिएको भन्दै असन्तुष्टि जनाएका थिए । समितिका सदस्य एवम् काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले परिषदले प्रतिपक्षलाई निषेध गरेर सो निर्णय लिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनले प्रतिपक्षलाई ‘बाईपास’ गरेर प्रधानमन्त्री अध्यक्ष रहेको परिषदले एकलौटी निर्णय लिएको दावी गर्दै आपत्ति पनि जनाएका थिए ।
यता, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता पार्वत गुरुङले परिषदको बैठक छल्न खोजेको भन्दै प्रमुख प्रतिपक्ष दलका नेता देउवाप्रति आक्रोश व्यक्त गरे । उनले परिषद बैठकको पत्रलाई समेत प्रतिपक्ष दलका नेता देउवाले लत्याएको आरोप समेत लगाए ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने समितिका सदस्यहरुले प्रमुख प्रतिपक्ष दलका नेताको अनुपस्थितिमा संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त सिफारिस गर्ने सो निर्णय संविधान विपरित भएको तर्क गर्दै असन्तुष्टि व्यक्त गर्दै आएका छन् । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाको नाम संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ५ : ३५ बजे

लगानी सम्मेलन : उद्योग विभागमार्फत नौ अर्ब १३ करोड बराबर लगानी स्वीकृत

काठमाडौं– तेस्रो लगानी सम्मेलनका क्रममा उद्योग विभागमार्फत विभिन्न चार वटा

राजेन्द्र महतोले यसरी गरे राष्ट्रिय मुक्ति क्रान्ति (तस्बिरहरु)

काठमाडौं– राजेन्द्र महतो संयोजकत्वको राष्ट्रिय मुक्ति क्रान्तिले काठमाडौंमा सांस्कृतिक प्रतिरोध

सुहाङ ५ हजार ६६२ मतले अगाडि

काठमाडौं– प्रतिनिधिसभा अन्तर्गत इलाम–२ मा भएको उपनिर्वाचनको मतगणना जारी छ

भारतीय लगानीकर्तालाई सहजीकरण गर्न हातेपुस्तिका सार्वजनिक 

काठमाडौं– लगानी सम्मेलनको क्रममा भारतीय लगानीकर्तालाई लक्षित गरेर विशेष हातेपुस्तिका

माइतीघरका अभिनेता सिपी लोहनीको निधन

काठमाडौं– कलाकार सिपी लोहनीको निधन भएको छ। उनको अन्नपूर्ण न्यूरो