निर्वाचन आयुक्तमा सिफारिस थपलियाको विशेष समितिमा सुनुवाइ शुरु « Khabarhub

निर्वाचन आयुक्तमा सिफारिस थपलियाको विशेष समितिमा सुनुवाइ शुरु


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– संसदीय सुनुवाई विशेष समितिले निर्वाचन आयोगको प्रमुख निर्वाचन आयुक्तमा सिफारिस दिनेशकुमार थपलिया र राष्ट्रिय समावेशी आयोगकी सदस्य विष्णुमाया ओझाको सुनुवाई प्रक्रिया सुरु गरेको छ ।

आयोगको मंगलबार सिंहदरबारमा बसेको बैठकले संवैधानिक परिषदद्धारा प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलिया र समावेशी आयोगकी सदस्य ओझाविरुद्ध उजुरी आह्वान गरेको हो ।

संवैधानिक परिषदको गत चैत्र ११ गते बसेको बैठकले थपलियालाई प्रमुख निर्वाचन आयुक्त र ओझालाई राष्ट्रिय समावेशी आयोगको सदस्यमा सिफारिस गर्ने निर्णय गरेको थियो । परिषदको सोही सफारिसमाथि सुनुवाई प्रक्रिया सुरु गरिएको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए ।

बैठकमा प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सांसदहरुले भने प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाको अनुपस्थितिमा परिषदले सो निर्णय लिएको भन्दै असन्तुष्टि जनाएका थिए । समितिका सदस्य एवम् काँग्रेस नेता ज्ञानेन्द्रबहादुर कार्कीले परिषदले प्रतिपक्षलाई निषेध गरेर सो निर्णय लिएको भन्दै असन्तुष्टि व्यक्त गरे ।

उनले प्रतिपक्षलाई ‘बाईपास’ गरेर प्रधानमन्त्री अध्यक्ष रहेको परिषदले एकलौटी निर्णय लिएको दावी गर्दै आपत्ति पनि जनाएका थिए ।
यता, सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता पार्वत गुरुङले परिषदको बैठक छल्न खोजेको भन्दै प्रमुख प्रतिपक्ष दलका नेता देउवाप्रति आक्रोश व्यक्त गरे । उनले परिषद बैठकको पत्रलाई समेत प्रतिपक्ष दलका नेता देउवाले लत्याएको आरोप समेत लगाए ।

प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसबाट प्रतिनिधित्व गर्ने समितिका सदस्यहरुले प्रमुख प्रतिपक्ष दलका नेताको अनुपस्थितिमा संवैधानिक परिषदले प्रमुख निर्वाचन आयुक्त सिफारिस गर्ने सो निर्णय संविधान विपरित भएको तर्क गर्दै असन्तुष्टि व्यक्त गर्दै आएका छन् । प्रमुख निर्वाचन आयुक्तमा सिफारिस थपलियाको नाम संसदीय सुनुवाई विशेष समितिले अनुमोदन गरेपछि राष्ट्रपतिले नियुक्त गर्ने संवैधानिक व्यवस्था छ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ५ : ३५ बजे

ऐतिहासिक दुङमागढीलाई पर्यटकीय क्षेत्रका रुपमा विकास गरिँदै

भोजपुर– भोजपुरको पौवादुङमा गाउँपालिका–५ सानोदुम्मामा रहेको ऐतिहासिक दुङमागढी (गढीडाँडा) पर्यटकीय

बिग्रिएका सडकबारे गुनासो गर्न ‘सडक सुझाव एप’ सञ्चालन

काठमाडौं– काठमाडौं उपत्यकाभित्र बिग्रिएका सङ्घीय सडकको मर्मतलाई प्रभावकारी बनाउन ‘सडक

सवारी दुर्घटनामा चालकको मृत्यु

इलाम– स्थानीय देउमाई नगरपालिका–१ बाट देउरालीतर्फ गइरहेको प्रदेश १–०१–००१ ज

मुद्दाको चापपछि काभ्रे अदालतमा चार इजलासबाट सुनुवाइ 

काभ्रेपलाञ्चोक– काभ्रेपलाञ्चोक जिल्ला अदालतमा अब चार वटा इजलासबाट मुद्दाको सुनुवाइ

रसुवा बाढी : उच्चस्तरीय संयन्त्रसँगै संसदीय समिति पनि गठन हुने 

काठमाडौं– रसुवा बाडीलाई लिएर उच्चस्तरीय राजनीति संयन्त्रसँगै संसदीय समिति पनि