यु–१९ क्रिकेट विश्वकप एसिया छनोट– रोहितको कप्तानीमा टोली छानियो « Khabarhub

यु–१९ क्रिकेट विश्वकप एसिया छनोट– रोहितको कप्तानीमा टोली छानियो


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– आईसीसी यु—१९ क्रिकेट विश्वकप एसिया छनोट २०१९ खेल्ने नेपाली युवा टोलीको घोषणा भएको छ । मंगलबार घोषणा भएको टोलीको नेतृत्व युवा खेलाडी रोहित कुमार पोडेलले गर्ने भएका छन् ।

मलेसियामा अप्रिल १० देखि १८ सम्म आयोजना हुने छनोट खेलका लागि १४ सदस्यीय नेपाली टोलीको घोषणा गरिएको छ । युवा टोलीमा सिनियर राष्ट्रिय टोलीका भरपर्दा मध्यक्रमका ब्याट्सम्यान रोहित कुमार पौडेल, भीम सार्की, पवन शरार्फ र सन्दीप जोरा अटाएका हुन् ।

१४ सदस्यीय टोलीमा कप्तान पौडेलसहित अभिषेक बस्नेत, भीम सार्की, हरिबहादुर चौहान, कमलसिंह ऐरी, कुशल मल्ल, आरिफ शेख र पवन शरार्फ रहेका छन् । यस्तै, प्रतिश जीसी, राशिद खान, रित गौतम, सागर ढकाल, सन्दिप जोरा र सुर्य तामाङ छन् ।

त्यस्तै, वैकल्पीक खेलाडीमा आकाश चन्द, लोकेश बहादुर बम, रवि कुमार शाह र शेर मल्ल रहेका छन् ।

टोलीको मुख्य प्रशिक्षकमा विनोद दास रहेका छन् भने म्यानेजरमा रमन शिवाकोटी र फिजियोमा विक्रम न्यौपाने रहेका छन् । छनोट खेल्न नेपाली टोली अप्रिल ६ गते शनिबार मलेसिया प्रस्थान गर्नेछ ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ६ : १६ बजे

कांग्रेस सभापतिको शपथग्रहण फूलपातीका दिन, अन्यको दशैँपछि

काठमाडौँ– नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको

ककरोच जनता पार्टीका दिपके फेरि पक्राउ

काठमाडौं- ककरोच जनता पार्टीका प्रमुख अभिजीत दिपके फेरि पक्राउ परेका

दसैँ बिदामा पनि टेकु अस्पताल खुला रहने

काठमाडौँ – काठमाडौँको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले

स्थानीय तहको विकासका लागि योग्य नेतृत्व आवश्यक : रास्वपा प्रवक्ता खरेल    

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का प्रवक्ता जगदीश खरेलले स्थानीय

बाबुरामले हातमा कांग्रेसको रुख लिएर के भने ?

काठमाडौँ – पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले विभिन्न दृश्य–अदृश्य दबाबका बाबजुद