बार चुनाव अपडेट : लोकतान्त्रिक समूहका पोखरेलको अग्रता कायमै « Khabarhub

बार चुनाव अपडेट : लोकतान्त्रिक समूहका पोखरेलको अग्रता कायमै


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार बृहत लोकतान्त्रिक समूहका तर्फबाट अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेलले अग्रता जारी राखेका छन् ।

पोखरा, सुर्खेत, बर्दिया लगायतको मत गणना सकिंदासम्म लोकतान्त्रिक समूहका पोखरेलले १४३१ मत प्राप्त गरेका छन्  भने प्रगतिशील, पेशागत तथा समावेशी समूहका तर्फबाट अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले भने १३५३ मत प्राप्त गरेका छन् ।

काठमाडौं उपत्यका लगायत लगायत दाङ देउखुरी, नेपालगञ्ज, सर्खेत, कञ्चपुरको मत गणना हुन बाँकी छ ।

सोमबार साँझ ५ बजेदेखि मतगणना शुरु भएको हो । पहिलो चरणमा विराटनगर उच्च बार, झापा र इलाम जिल्ला मतदान केन्द्रमा भएको निर्वाचनको मतगणना शुरु गरिएको थियो ।

पच्चिसौँ केन्द्रीय कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो ।
बारमा नयाँ नेतृत्वका लागि तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक÷एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

निर्वाचनमा देशभर बारका १० हजार ३१३ मतदातामध्ये आठ हजार ३२९ मतदाताले मतदान गरेका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ९ : ०४ बजे

मनास्लु क्षेत्रमा पदयात्रा नगर्न प्रशासनको आग्रह

गोरखा – जिल्ला प्रशासन कार्यालय गोरखाले आगामी तीनदिन मनास्लु क्षेत्रमा

सोमपाल कामी बने ‘म्यान अफ द म्याच’

काठमाडौं – कर्णाली याक्सका कप्तान सोमपाल कामी नेपाल प्रिमियर लिग

कर्णालीले विराटनगरलाई हराउँदा मैदानमा जे देखियो (तस्बिरहरू)

काठमाडौं – तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा कर्णाली

कर्णालीको रोमाञ्चक जित, विराटनगर लगातार दोस्रो खेलमा पराजित

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली

सोमपाल कामीले प्रहार गरे अर्धशतक

काठमाडौं – नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सोमपाल कामीले नेपाल