बार चुनाव अपडेट : लोकतान्त्रिक समूहका पोखरेलको अग्रता कायमै « Khabarhub

बार चुनाव अपडेट : लोकतान्त्रिक समूहका पोखरेलको अग्रता कायमै


१९ चैत्र २०७५, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कानून व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि भएको निर्वाचनको पछिल्लो मतपरिणाम अनुसार बृहत लोकतान्त्रिक समूहका तर्फबाट अध्यक्षका उम्मेदवार सुनिलकुमार पोखरेलले अग्रता जारी राखेका छन् ।

पोखरा, सुर्खेत, बर्दिया लगायतको मत गणना सकिंदासम्म लोकतान्त्रिक समूहका पोखरेलले १४३१ मत प्राप्त गरेका छन्  भने प्रगतिशील, पेशागत तथा समावेशी समूहका तर्फबाट अध्यक्षका उम्मेदवार चण्डेश्वर श्रेष्ठले भने १३५३ मत प्राप्त गरेका छन् ।

काठमाडौं उपत्यका लगायत लगायत दाङ देउखुरी, नेपालगञ्ज, सर्खेत, कञ्चपुरको मत गणना हुन बाँकी छ ।

सोमबार साँझ ५ बजेदेखि मतगणना शुरु भएको हो । पहिलो चरणमा विराटनगर उच्च बार, झापा र इलाम जिल्ला मतदान केन्द्रमा भएको निर्वाचनको मतगणना शुरु गरिएको थियो ।

पच्चिसौँ केन्द्रीय कार्यसमितिका लागि गत शनिबार बिहान ८ देखि अपराह्न ४ बजेसम्म देशभरिका ३५ मतदान केन्द्रमा निर्वाचन भएको थियो ।
बारमा नयाँ नेतृत्वका लागि तीन वर्षका लागि हुने कार्यसमितिमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, महिला उपाध्यक्ष एक र सातै प्रदेशबाट एक÷एक गरी आठ उपाध्यक्ष र १४ केन्द्रीय सदस्य निर्वाचित हुनेछन् ।

निर्वाचनमा देशभर बारका १० हजार ३१३ मतदातामध्ये आठ हजार ३२९ मतदाताले मतदान गरेका थिए ।

प्रकाशित मिति : १९ चैत्र २०७५, मंगलबार  ९ : ०४ बजे

इलामको देउमाईमा जिप पल्टिँदा चालकको घटनास्थलमै मृत्यु

इलाम – इलामको देउमाई नगरपालिका–१ साधुगाउँमा बोलेरो जिप दुर्घटना हुँदा

बसाइँसराइ रोक्न रणनीति फेर्दै छथर : दुहुना गाईको साटो अब ‘सुरक्षित आवास’

धनकुटा – गाउँमा बसाइँसराइ गरेर आउने परिवारलाई टिकाइराख्न धनकुटाको छथर

एसियाली खेलकुद भलिबलः नेपाल आज इन्डोनेसियाविरुद्ध भिड्दै

काठमाडौँ – जापानमा जारी २० औँ संस्करणको एसियाली खेलकुदमा नेपाली

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक बस्दै

ललितपुर – नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै छ

मेसिन र औजारको पूजा पछाडि के छ रहस्य ? यस्तो छ विश्वकर्मा पूजाको धार्मिक कथा

काठमाडौँ – नेपालमा हरेक वर्ष असोज १ गते विश्वकर्मा पूजा