आईपीएल : दिल्ली ८० रनले पराजित, चेन्नई शीर्ष स्थानमा « Khabarhub

आईपीएल : दिल्ली ८० रनले पराजित, चेन्नई शीर्ष स्थानमा


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी- इन्डियन प्रिमियर लिग (आईपीएल) मा दिल्ली क्यापिटल्सलाई पराजित गर्दै चेन्नई सुपर किङ्स शीर्ष स्थानमा उक्लिएको छ।

बुधबार राति चेन्नईको घरेलु मैदानमा दिल्ली ८० रनको फराकिलो अन्तरले पराजित भयो। टस हारेर पहिलो ब्याटिङ गरेको चेन्नईबाट १सय८० को लक्ष्य पाएको दिल्ली १६.२ ओभरमा सबै विकेट गुमाउँदै ९९ रन मात्रै बनाउन सक्यो । दिल्ली विरुद्ध चेन्नईका बलर इमरान ताहिर र रविन्द्र जडेजाले उत्कृष्ट बलिङ गरे।

ताहिले ४ तथा जडेजाले ३ विकेट लिए। दिल्लीका लागि ९९ रन बजाउने क्रममा कप्तान श्रयस अयरले ४४ र शिखर धवनले १९ रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले राम्रो रन जोड्न सकेनन्। यसअघि टस हारेर पहिलो ब्याटिङ गरेको चेन्नईले २० औभर पूरा खेल्दै १सय७९ रन बनाएको थियो। चेन्नईका लागि सुरेश राइनाले ५९, कप्तान महेन्द्र सिंह धोनीले ४४ रन बनाएका थिए।

यस्तै फाफ डुपिलेसिसले ३९ रन बनाउँदा रविन्द्र जडेजाले २५ रन बनाएका थिए। चेन्नई विरुद्ध दिल्लीका जगदेश सुचितले २ विकेट लिएका थिए भने क्रिस मोरिस र अक्जर पटेलले समान २-२ विकेट लिएका थिए। दिल्लीलाई पराजित गरेको चेन्नई १८ अंकसहित शीर्ष स्थानमा उक्लिएको छ भने पराजि दिल्ली दोस्रो स्थानमा छ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ७ : २५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै