क्यान्सर जितेका बालबालिका ‘र्‍याम्प शो’मा उत्रिंदै | Khabarhub Khabarhub

क्यान्सर जितेका बालबालिका ‘र्‍याम्प शो’मा उत्रिंदै


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

ललितपुर– क्यान्सरको उपचारपछि निको भएका र उपचारका क्रममा रहेका बालबालिकालाई सहभागी गराई आगामी असार २८ गते अर्थात जुलाई १३ मा नेपालमै पहिलोपल्ट ‘सुदिप्त चाइल्ड क्यान्सर सर्भाइभर्स र्‍याम्प शो’ आयोजना हुने भएको छ ।
नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टर हरिसिद्धि तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपको संयुक्त आयोजनामा सो ‘सुदिप्त चाइल्ड क्यान्सर सर्भाइभर्स र्‍याम्प शो’ गर्न लागिएको हो ।

क्यान्सर निको भएका १९ महिला र ५ पुरुषलाई सहभागी गराई गत २७ पुसमा नेपालमै पहिलोपटक ‘सुदिप्त क्यान्सर र्‍याम्प शो २०१८’ को सफल आयोजना गरेको आयोजकले क्यान्सर भएर निको भइसकेका बालबालिकालाई र्याम्पमा उतारेर उक्त शो आयोजना गर्न लागेको हो ।

‘क्यान्सर जटिल रोग होइन’, ‘क्यान्सर लागेपछि मानिस मरिहाल्दैन, समयमै उपचार गरे बाँच्न सक्छन्’ भन्ने सन्देश दिन क्यान्सर निको भएका करिव ५० जना बालबालिकालाई सहभागी गराई सो  शो आयोजना गर्न लागिएको आयोजकले जानकारी दिएको छ ।

क्यान्सर जितेका बालबालिका र उपचारका क्रममा रहेका बालबालिकाका साथ उनीहरुका अभिभावकहरुको पहिलो भेटघाट तथा र्‍याम्प शो को तिथी जानकारी गराउन आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अस्पताल तथा नेपाल क्यान्सर सपोर्ट ग्रुपकी कार्यकारी सदस्य स्वरुपा श्रेष्ठले समयमै उपचार गराउन र क्यान्सर ठूलो रोग होइन भन्ने समाजमा सन्देश दिनका लागि र्‍याम्प शो आयोजना गर्न लागिएको बताइन् ।

कार्यक्रममा बोल्दै नेपाल क्यान्सर हस्पिटल एण्ड रिसर्च सेन्टरका कार्यकारी अध्यक्ष तथा वरिष्ठ क्यान्सर विशेषज्ञ डा.सुदिप श्रेष्ठले जुनसुकै स्टेजको भए तापनि समयमै उपचार हुनसकेमा वयस्क व्यक्ति भन्दा १८ वर्ष मुनिका क्यान्सर पीडित बालबालिकाको रोग ८० प्रतिशत निको हुने बताए ।

‘नेपालजस्तो विकासोन्मुख मुलुकमा वर्षेनी ३ लाखको संख्यामा क्यान्सर भएका बालबालिका थपिन्छन’,डा.श्रेष्ठले भने ‘तर समयमै रोग पहिचान हुन नसक्दा र समयमै उपचार हुन नपाउँदा नेपालमा चाहीँ त्यस्ता ८० प्रतिशत बालबालिका मर्छन, जुन निकै दुःखद कुरा हो, विकसित मुलुकमा भने क्यान्सर भएका ८० प्रतिशत बालबालिका समयमै उपचार पाएर बाँच्छन् ।’

सरकारले क्यान्सर लागेका वयस्क व्यक्तिलाई दिइराखेको एक लाख रुपैयाँ उपचार खर्च अपुग भएको उल्लेख गर्दै उनले अझ बालबालिकाको लागि ५ लाख रुपैयाँ उपचार खर्च पनि कम हुने बताए । ‘वयस्क व्यक्तिको भन्दा बालबालिकामा लगानी गरेको उपचार खर्च बढी उपयोगी हुन्छ, किनकी क्यान्सर भएर समयमै उपचार गरेका अधिकाँश बालबालिकालाई बचाउन सकिन्छ’—कार्यकारी अध्यक्ष डा.श्रेष्ठले भने ।

कार्यक्रममा अस्पतालको बाल क्यान्सर विशेषज्ञ डा. प्रकाशनिधि तिवारीले नेपालमा बालबालिकामा हुने गरेको क्यान्सरको प्रकार र उपचार नेपालमै उपलब्ध उपचार सुविधाका बारेमा प्रकाश पारे । रक्तक्यान्सर, कलेजो, मांशपेशी, हाड, ग्रन्थीलगायत बालबालिकाको शरीरको जुनसुकै अंगमा लागेको क्यान्सर जुनसुकै चरणको भएपनि निको पार्न कठिन नहुने डा.तिवारीले बताए । केटाकेटीको शरीरको बनोट नै यस्तो हुन्छ कि यसले सबै प्रकारको क्यान्सरलाई सजिलै निको पार्छ, उनले भने ।

त्यस अवसरमा अस्पतालकी अर्की बाल क्यान्सर विशेष अञ्जली पाठकले पनि बाल क्यान्सरका विविध पक्षबारे जानकारी दिइन् । कार्यक्रममा जादुगर दि ग्रेट सुशीलले बालबालिकाहरुलाई मनोरञ्जन प्रदान जादु देखाएका थिए ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ९ : ०७ बजे

चन्द्र ढकालले खोलेका थिए बेलायतमा ‘सनबर्ड कम्प्युटर कसल्ट्यान्ट’

काठमाडौं– नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष तथा आईएमई ग्रुपका अध्यक्ष

विदेशी पर्यटकलाई टिम्स कार्ड लिएर पदयात्रामा जाने व्यवस्था गर्न टानको आग्रह

काठमाडौं– ट्रेकिङ एजेन्सिज एशोसियशन अफ नेपाल (टान)ले विदेशी पर्यटकलाई अनिवार्य

अफगानिस्तानमा अफिम खेती २० प्रतिशतले घट्यो : राष्ट्रसङ्घ

एजेन्सी– अफगानिस्तानमा सन् २०२५ मा अफिम खेती २० प्रतिशतले घटेको

निर्माता विनोदलाई ‘अभिमन्यु’ रिलिज गर्नै सकस, चार पटक सारेर अब पुगे मंसिर १८

काठमाडौं – सेभेन सिज सिनेमाका सञ्चालक तथा ‘पूर्णबहादुरका सारङ्गी’का निर्माता

नेपाली कांग्रेस संस्थापन पक्षको भेला : विशेष महाधिवेशनको कुनै औचित्य नभएको टिप्पणी

काठमाडौं– नेपाली कांग्रेसका नियमित महाधिवेशन पक्षधर नेताहरूले विशेष महाधिवेशनको कुनै