साराङघाटमा पहिलो पटक बल्यो बिजुली « Khabarhub

साराङघाटमा पहिलो पटक बल्यो बिजुली


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तनहुँ- तनहुँको साराङघाटमा पहिलोपटक बिजुली बलेको छ । विद्युतीकरणको सुविधा नपुगेको तनहुँको बन्दीपुर गाउँपालिका–६ साराङघाटमा बिजुली बलेको हो । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रको ग्रामीण विद्युतीकरण कार्यक्रमअन्तर्गत साराङघाटको ११० घरधुरीमा बिजुली बलेको हो ।

५० केभीए ट्रान्सफर्मरमार्फत् प्रत्येक घरधुरीमा मिटर जडान गरेर विद्युत् सेवा शुरु गरिएको वितरण केन्द्रका प्रमुख शिव गोशलीले जानकारी दिए । केन्द्रले एक महिना अघि मात्रै सोही वडाको ग्याजाटारमा समेत ९६ घरधुरीमा विद्युत् सेवा पुर्‍याएको थियो ।

गोशलीले तनहुँका १५ प्रतिशत घरधुरीमा अझै विद्युत् सेवा नपुगेको हुँदा अबको दुई वर्षभित्रमा ती सबै घरधुरीमा विद्युत् सेवा पुर्‍याउने बताए । आर्थिक अभावले मिटर जडान गर्न नसक्ने घरधुरीलाई अनुदानमा पनि मिटर जडान गर्न सकिने व्यवस्था मिलाइएको पनि उनले जानकारी दिए ।

पहिलो पटक बिजुली पुगेपछि गाउँ पुग्नुभएका गण्डकी प्रदेशका आन्तरिक मामिला तथा कानूनमन्त्री हरिबहादुर चुमान, केन्द्र प्रमुख गोशली, सहायक प्रमुख जिल्ला अधिकारी तुल्सीराम पौडेल, प्रहरी उपरीक्षक विनोद सिलवाललाई स्थानीयवासीले फूलमालाले स्वागत गर्दै खुशी साटेका थिए ।

मन्त्री चुमानले अब तनहुँका कुनै पनि घर विद्युत्विहीन नहुने बताउँदै विद्युत् नपुगेका सबै घरधुरीमा बिजुली पुर्‍याउन प्रदेश सरकार लागिपरेको बताए ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ८ : ५९ बजे

विश्वकपमा जर्मनीको गोल वर्षा, कुरासाओ ७–१ ले पराजित

ह्युस्टन – चार पटकको विश्व च्याम्पियन जर्मनीले फिफा विश्वकप २०२६

टेम्पो भिरमा खसालिएको घटनामा १२ जना वन कर्मचारी प्रहरी नियन्त्रणमा

धनगढी – कैलालीको गोदावरी नगरपालिका–४ गाईबाँधेमा वन अतिक्रमण हटाउने क्रममा

देशलाई सुधार गर्ने अनुकूल अवस्था आएको छ, यो अवसर चुकाउनु हुँदैन : गगन थापा

ललितपुर – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देशलाई सुधार गर्ने

डोरी नबाँधी बन्जी जम्प गराउँदा २१ वर्षीय युवतीको मृत्यु

काठमाडाैं – ब्राजिलको साओ पाउलो राज्यमा बन्जी जम्पिङका क्रममा भएको

अनुमतिबिनै नेपाली आकाशमा उड्यो भारतीय सैनिक हेलिकोप्टर

धनगढी – भारतको इन्डो–टिबेटियन बोर्डर पुलिस (आईटीबीपी)का महानिर्देशक सत्रुजित कपुर