फाइभजीको काम हुवावेलाई दिने निर्णय चुहाएको भन्दै बेलायती रक्षामन्त्री बर्खास्त | Khabarhub Khabarhub

फाइभजीको काम हुवावेलाई दिने निर्णय चुहाएको भन्दै बेलायती रक्षामन्त्री बर्खास्त


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

लण्डन– चिनियाँ दूरसञ्चार कम्पनी हुवावेबारे सूचना चुहाएको भन्दै बेलायती प्रधानमन्त्री टेरिजा मेले रक्षामन्त्री गेभिन विलियमसनलाई बर्खास्त गरेकी छिन् ।

प्रधानमन्त्री मेले पत्र लेख्दै विलियमसनप्रति आफ्नो र बेलायती मन्त्रिपरिषद्को विश्वास नरहेको भन्दै उनलाई मन्त्रिपरिषद्मा राख्न नसकिने जनाएकी हुन् ।

बेलायतमा पाँचौ पुस्ताको मोबाइल इन्टरनेट ‘फाइभजी’ निर्माण गर्न चिनियाँ कम्पनी हुवावेलाई अनुमति दिने निर्णय बाहिर ल्याउनुमा उनको भूमिका रहेको भन्ने आरोप लागेपछि उनी विवादमा तानिएका थिए ।

गत अप्रिल २३ मा भएको राष्ट्रिय सुरक्षा परिषद्को बैठकमा हुवावेलाई बेलायतमा फाइभजी मोबाइल इन्टरनेट निर्माण गर्न दिने निर्णय भएको गोप्य सूचना बेलायतको अखबार डेली टेलिग्राफले बाहिर ल्याएको थियो ।

त्यसबाहेक बेलायतका विपक्षी दलका सांसद्हरुले विलियमसनविरुद्ध आपराधिक अभियोगमा प्रहरीले अनुसन्धान गर्नुपर्ने माग राखेका छन् ।

विलियमसनले भने आफूलाई बलिको बोको बनाइएको र आफूले कुनै गोप्य सूचना नचुहाएको दाबी गरेका छन् । विलियमसनले आफू र राष्ट्रिय सुरक्षा सल्लाहकार मार्क सेडविलको सम्बन्ध राम्रो नभएकाले पनि आफूविरुद्ध षड्यन्त्र भएको हुनसक्ने जनाएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  १२ : ४२ बजे

पूर्वमा ‘जारी २’को प्रि-बुकिङमा चाप

काठमाडौं – कात्तिक २१ बाट प्रदर्शनमा आउन लागेको उपेन्द्र सुब्बा

झलनाथ खनालले आज प्रचण्डलाई भेट्दै

काठमाडौं– नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले आज माओवादी

च्याम्पियन्स लिग : लिभरपुलले रियल म्याड्रिडलाई हरायो

काठमाडौं – च्याम्पियन्स लिगमा लिभरपुलले रियल म्याड्रिडलाई हराएको छ। गएराति

करिब ५५ लाख रुपैयाँ बराबरको ‘फ्रोजन फ्रेन्च फ्राइज’ अमेरिका निर्यात

काठमाडौं– भैरहवा भन्सार कार्यालयमार्फत ५४ लाख ८८ हजार एक सय

आगलागीका घटनामा वृद्धि

काठमाडौं– सावधानी र जनचेतनाको अभावमा आगलागीका घटनामा वृद्धि भएको पाइएको