बालुवाटार जग्गा प्रकरणबारे प्रष्ट पार्न सरकारसँग सांसदहरुको माग | Khabarhub Khabarhub

बालुवाटार जग्गा प्रकरणबारे प्रष्ट पार्न सरकारसँग सांसदहरुको माग


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिका सदस्यले बालुवाटार जग्गा प्रकरण र खुला मञ्च अतिक्रमणका बारेमा सरकारले नागरिकलाई प्रष्ट पार्नुपर्ने माग गरेका छन् ।

सिंहदरबारस्थित सङ्घीय संसद्, दिगो विकास तथा सुशासन समितिको आजको बैठकमा समितिका सदस्यले ती दुई प्रकरणमा पूर्वप्रधानमन्त्री, राजनीतिक दलका विभिन्न नेता वा जोकोही मुछिए पनि पारदर्शी ढङ्गबाट छानबीन गरेर दोषीमाथि कारवाही गर्नुपर्नेमा जोड दिएका छन् ।

समितिका सदस्य रमेशजङ्ग रायमाझीले सरकारले ती दुई घटनाका बारेमा सत्यतथ्य खोजी गरी जनताले देख्ने गरेर कारवाही गर्नुपर्ने बताए । विगत वा अहिलेको सरकारका जोसुकै संलग्न भए पनि सरकारले यथार्थ बाहिर ल्याउन ढिलाइ गर्न नहुनेमा उनको जोड थियो । उनले भने “हामी समितिका सदस्यहरुले पनि कसैलाई जोगाउन भूमिका खेल्नुहुँदैन ।”

समितिका सदस्य सरिता प्रसार्इँले ती दुई प्रकरणमा मुछिएका नेता र कर्मचारी कसैलाई पनि त्यसै छाड्न नहुने बताइन्। ललितपुर र काठमाडौँ जिल्लामा रहेका धेरै खाली जग्गा एकपछि अर्को गर्दै अतिक्रमण भइरहेको उनको भनाइ थियो ।

उनले भनिनन्“हामीले काठमाडौँ महानगरपालिका र ललितपुर महानगरपालिकाका प्रमुख उपप्रमुखलगायत सम्बन्धित सरकारका प्रतिनिधिसँग गहन ढङ्गबाट छलफल गर्नुपर्छ ।”

समितिका सदस्यले समितिले गरेको निर्णय कागजमा उसै थन्कन दिन नहुने समेत बताएका छन् । समितिका सदस्य विमला पौडेलले समितिको निर्णय कार्यान्वयन भए नभएको सचिवालयले हेर्नुपर्ने बताइन् । उनले भनिन् “हामीले गरेको निर्णय कागजमा मात्रै सीमित हुनुहुँदैन ।”

समितिले गौतमबुद्ध अन्तरराष्ट्रिय विमानस्थल निर्माणको डिजाइनमा नेपालीपन झल्काउने गरी सुधार गर्नुपर्ने सुझाव दिएको छ । समितिले यही वैशाख ८ गते प्रदेश नं ५ को बुटवलमा प्रदशस्तरीय अन्तरक्रिया गर्दै विमानस्थलको समेत अनुगमन गरेको थियो । समितिले विभिन्न मन्त्रालयको सुशासनसम्बन्धमा सातै प्रदेशमा अन्तरक्रिया र राष्ट्रिय गौरवका आयोजनाको अनुगमन गर्दै आएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ३ : ५५ बजे

गण्डकी प्रदेश सभा बैठक कार्यसूचीमा प्रवेश नगरी स्थगित

पोखरा– गण्डकी प्रदेश सभाको बैठक प्रतिपक्षी दल बिना नै बसेको

चैतसम्म साढे पाँच लाखले लिए श्रम स्वीकृति

काठमाडौं– चालु आर्थिक वर्षको चैतसम्ममा वैदेशिक रोजगारीमा जान करिब साढे

भिमादका कृषकले सुन्तला बेचेर भित्र्याए तीन करोड

दमौली– तनहुँको भिमाद नगरपालिकाका कृषकले यस वर्ष सुन्तला बिक्री गरेर

बन्द भएका उद्योग सञ्चालन गर्न सरकारले नयाँ नीति ल्याउँछ : मन्त्री भण्डारी

नारायणगढ– उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले विभिन्न कारणले बन्द

मनास्लु क्षेत्रमा नौ महिनामा आठ हजार विदेशी पर्यटक

गोरखा– उत्तरी गोरखाको मनास्लु क्षेत्रमा गएको नौ महिनाको अवधिमा आठ