अष्ट्रेलियामा भेटियो तीन आँखा भएको अनौठो सर्प « Khabarhub

अष्ट्रेलियामा भेटियो तीन आँखा भएको अनौठो सर्प


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– अष्ट्रेलियामा तीन आँखा भएको अचम्मको सर्प भेटिएको छ । अष्ट्रेलियाको नर्दन टेरिटोरीमा तीनवटा आँखा भएको सर्प फेला परेको हो ।

नर्दन टेरिटोरीको डार्बिन शहरबाट ४० किलोमिटर दक्षिणपूर्वमा रहेको हम्पटी डू शहर नजिकै सडकमा तीन आँखा भएको सर्प भेटिएको नर्दन टेरिटोरी निकुञ्ज तथा वन्यजन्तु सेवाले जनाएको छ ।

मण्टी पाइथन नाम दिइएको त्यस सर्प कार्पेट पाइथन प्रजातिको रहेको बताइएको छ ।

सर्पको बनोट हेर्दा केही प्राकृतिक गडबडीका कारण टाउकोमा तीन आँखा रहन गएको वन्यजन्तु विशेषज्ञलाई उद्धृत गर्दै अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । यद्यपि सर्पले टाउकोमा भएका तीनवटै आँखाले देख्न सक्ने जनाइएको छ ।

४० सेन्टिमिटर लामो त्यस सर्प गत मार्चमा फेला परेको र टाउकोको बनोटका कारण उसलाई आहारा निल्न निकै कठिन हुने गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

सोही कारण फेला परेको केही दिनमा नै सर्पको ज्यान गएको नर्दन टेरिटोरी निकुञ्ज तथा वन्यजन्तु सेवाले जनाएको छ ।

सर्पको एक्स रे गर्दा सर्पको दुईवटा टाउको एकै ठाउँमा जोडिएजस्तो नदेखिएको तर, टाउकोको अस्थीपञ्जरमा तेश्रो आँखाका लागि आवश्यक सम्पूर्ण संयन्त्र रहन गएको जनाइएको छ ।

यद्यपि वन्यजन्तु विज्ञहरुले भने यस्ता गडबडी प्रकृति क्रमविकासमा सामान्य रहेको जनाएका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ४ : १९ बजे

ओली भन्छन् : भदौ २३ को घटनामा मैले गोली चलाउने आदेश दिएको होइन

काठमाडौं – नेपाल कम्युनिष्ट पार्टी (एमाले) का अध्यक्ष एवं तत्कालीन

हिमपातपछि माथिल्लो मुस्ताङको जनजीवन प्रभावित

मुस्ताङ – मङ्गलबार रातिदेखि परेको भारी हिमपातका कारण माथिल्लो मुस्ताङको

टाइगर कप भलिबल : न्यू डायमण्ड र पुलिस फाइनलमा

कास्की – पोखरामा जारी छैटौँ संस्करणको टाइगर कप राष्ट्रिय तथा

बाहिरियो वर्षा गराउने प्रणाली

काठमाडौं – मङ्गलबार साँझदेखि सक्रिय भएर देशका धेरै ठाउँमा वर्षा

मिथिला चित्रकला तालिम काठमाडौंमा सुरु

काठमाडौं – काठमाडौंमा मिथिला चित्रकलाको चारदिने प्रयोगात्मक तालिम सुरु भएको