लागुऔषधसहित दुई जना पक्राउ, ३१ किलो गाँजा फेला « Khabarhub

लागुऔषधसहित दुई जना पक्राउ, ३१ किलो गाँजा फेला


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

हेटौँडा– प्रहरीले लागुऔषधसहित दुईलाई  पक्राउ गरेको छ । पक्राउ पर्नेमा ललितपुर महानगरपालिका–८ का ३७ वर्षीय सञ्जय महर्जन र बिहार मुजफ्फरपुरको सदातपुर बस्ने २६ वर्षीय राजकुमार यादव रहेका छन् ।

इलाका प्रहरी कार्यालय पशुपतिनगरबाट प्रहरी निरीक्षक अरुणकुमार कुशवाहको कमाण्डमा खटिएको प्रहरी टोलीले बिहीवार रातोमाटोमा शङ्कास्पद रूपमा पार्किङ गरी राखेको बिआर २९७५६५ नंको भारतीय सुमोलाई जाँच गर्दा उक्त सुमोको पछाडिको नम्बरप्लेट राख्ने भागमा फल्स बटम बनाई लुकाइछिपाइ राखेकोे अवस्थामा चार पोकामा ३१ किलो लागुऔषध गाँजा फेला परेको थियो ।

सुमोमा रहेका भारतीय नागरिक राजकुमार यादवसहति गाँजा र सुमोलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको प्रहरीले जनाएको छ ।

त्यस्तै जिल्ला प्रहरी कार्यालयम मकवानपुरबाट खटिएको विशेष टोलीले हेटौँडा–१ स्थित सुमो काउन्टरमा शङ्कास्पद रूपमा हिँडिरहेको सञ्जय महर्जनलाई खानतलासी गर्दा लागुऔषध डाइजेपाम ३० एम्पुल, नोर्फिन ३० एम्पुल र फेनार्गन ३० एम्पुल फेला परेको थियो । बरामद भएका लागुऔषधसहित उनलाई पक्राउ गरी आवश्यक अनुसन्धान तथा कारवाही भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ४ : ३२ बजे

क्रिकेटर रोहित पौडेलविरुद्ध आईसीसीको कारबाही

काठमाडौँ । एसीसी पुरुष प्रिमियर कपको फाइनलमा आचारसंहिता उल्लंघन गरेको

उच्च मनोबलसहित महाधिवेशन प्रक्रियामा सरिक हुन गगन थापाको अपिल

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापाले वडा अधिवेशनमा उत्साहजनक

ऋषिपञ्चमी पर्व मनाएसँगै सकियो तीज

 काठमाडौं– भाद्र शुक्ल पञ्चमीका दिनमा मनाइने ऋषि पञ्चमी आज नेपाली

आजको कार्टुन : आईसीयू होइन, युट्युबरको स्टुडियो

काठमाडौं- भोटेकोशीमा आएको बाढीमा परी घाइते भएका बिरामीको अन्तर्वार्ता लिन