निर्माणाधीन सपिङ कम्प्लेक्सको खाल्डोमा पुरिएर ज्यान गयो « Khabarhub

निर्माणाधीन सपिङ कम्प्लेक्सको खाल्डोमा पुरिएर ज्यान गयो


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सप्तरी– निर्माण कार्यमा संलग्न एक मजदुरको माटोको ढिस्कोले पुरिएर ज्यान गएको छ । राजविराज नगरपालिकाद्वारा वडा–७ स्थित हटिया (हाट बजार)मा निर्माण भईरहेको सपिङ्ग कम्पलेक्स निर्माण कार्यमा खटिएको सुनसरी जिल्ला शिवगन्ज गाउँपालिका–८ का २८ वर्षिय अरसद अलिको बिहीवार माटोको ढिस्कोले पुरिएर ज्यान गएको हो ।

बिहान १० बजेतिर निर्माण स्थलमा खनिएको गहिरो खाडल भित्र काम गर्दै गर्दा अचानक ढिस्कोले पुरिएर उनको ज्यान गएको प्रहरीले जनाएको छ । ढिस्कोले पुरिएर गम्भिर घाइते भएका उनको प्रहरीले उद्धार गरी उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाँदै गर्दा बीचबाटोमै मृत्यु भएको प्रहरी उपरीक्षक राजेन्द्र विष्टले बताए ।

उक्त कार्यको रसुवा रोशन जेभी निर्माण कम्पनीले ठेक्का लिएको छ । जोखिमपूर्ण अवस्थामा मजदुर अलीलाई काममा लगाएको भन्दै आक्रोशित मजदुरहरुले  क्षतिपूर्तिको माग गरेका छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ५ : ३० बजे

बत्ती निभाउने क्रममा करेन्ट लागेर एक जनाको मृत्यु

कपिलवस्तु– विजयनगर गाउँपालिका-७ गेडुवाजोत बस्ने ५५ वर्षीया राममती यादवको करेन्ट लागेरमंगलबार

पोखरा ल्याइएका १९ शव सनाखतपछि आफन्तलाई बुझाइयो

कास्की– रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि विभिन्न स्थानमा फेला

रसुवागढी हाइड्रोको पावरहाउसमा अझै कर्मचारी फसेको परिवारको दाबी, सेनाको खोजीमाथि उठ्यो प्रश्न

काठमाडौं- रसुवास्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका रसुवागढी

न्युयोर्कमा छुरा प्रहारबाट एक जनाको मृत्यु, एक घाइते

एजेन्सी– न्युयोर्क सहरको व्यस्त स्थान टाइम्स स्क्वायर क्षेत्रमा भएको आक्रमणमा

गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन सुरु

काठमाडौं– कृषि विभागले गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन सुरु