जंगली जनावरको छाला र भालुको पित्तसहित पाँच जना पक्राउ « Khabarhub

जंगली जनावरको छाला र भालुको पित्तसहित पाँच जना पक्राउ


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर प्रहरीले जङ्गली जनावरको छाला र पित्तसहित पाँच जनालाई सूर्यविनायक चोकबाट पक्राउ गरेको छ ।

पक्राउपर्नेमा मकवानपुर भीमफेदी गाउँपालिका–८ घर भई हाल ललितपुर चापागाउँ बस्ने ४० वर्षीय आनन्द तामाङ, ओखलढुङ्गा चिसङ्खु घर भई हाल काठमाडौँ बौद्ध बस्ने २४ वर्षीय मनोज कार्की, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका– १२ का ३१ वर्षीय नरेन्द्र तामाङ, सिन्धुली गोलञ्जोर– ७ का ३५ वर्षीय रत्नबहादुर माझी र ३४ वर्षीय विष्णुबहादुर माझी रहेका छन् ।

भक्तपुरको सूर्यविनायक चोकमा शङ्कास्पद तरिकाले हिँडिरहेका अवस्थामा उनीहरुलाई दुई थान बाघको छाला र करीब ७५ ग्राम भालुको पित्तसहित बुधबार साँझ ७ः३० बजे पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

“जङ्गली जनावरको छाला र पित्त बेचबिखन गर्ने उद्देश्यले हिँडिरहेका उनीहरुको गतिविधि शङ्का लागेपछि जाँच गर्दा साँझ ७ः३० बजे उनीहरुलाई पक्राउ गरिएको हो”, प्रहरी नायब उपरीक्षक पोखरेलले भने ।

पक्राउ परेका पाँचै जनालाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय भक्तपुरमा बुझाइएको उनले बताए ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ८ : ३५ बजे

‘आचार्य’को सुटिङ सक्काए लगत्तै निखिल ‘कस्तुरी’मा जोडिए, जोडी बर्षा सिवाकोटी

काठमाडौं – आफ्नो निर्देशनमा फिल्म ‘आचार्य’को सुटिङ सक्काए लगत्तै नायक

इजरायलद्वारा वेस्ट ब्यांकबाट २३ जना प्यालेस्टिनी पक्राउ

एजेन्सी– इजरायली कब्जा बल (आइओएफ) ले बुधबार वेस्ट ब्यांकका विभिन्न

निर्वाचन लक्षित सुरक्षा व्यवस्थासहित रौतहटको सीमा नाकामा कडाइ

रौतहट– आसन्न प्रतिनिधिसभा सदस्यको निर्वाचनमा अवाञ्छित गतिविधि हुनसक्ने सम्भावनालाई दृष्टिगत

बागी उम्मेदवारलाई चुनावपछि पार्टीमा फर्किने छुट छैन : लेखनाथ दाहाल

काठमाडौं– नेपाली कम्युनिष्ट पार्टी(नेकपा)का नेता लेखनाथ दाहालले निर्वाचनमा पार्टीलाई धोका

गगन टिमले कपी गर्‍यो ओलीको ‘झोले’ स्टाइल : गगनलाई समर्थन गर्दा बाख्रा कराउने

काठमाडौं– अहिले पनि झिनो रूपमा जारी रहेको तर, विगतमा एमालेका