जंगली जनावरको छाला र भालुको पित्तसहित पाँच जना पक्राउ « Khabarhub

जंगली जनावरको छाला र भालुको पित्तसहित पाँच जना पक्राउ


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

भक्तपुर– भक्तपुर प्रहरीले जङ्गली जनावरको छाला र पित्तसहित पाँच जनालाई सूर्यविनायक चोकबाट पक्राउ गरेको छ ।

पक्राउपर्नेमा मकवानपुर भीमफेदी गाउँपालिका–८ घर भई हाल ललितपुर चापागाउँ बस्ने ४० वर्षीय आनन्द तामाङ, ओखलढुङ्गा चिसङ्खु घर भई हाल काठमाडौँ बौद्ध बस्ने २४ वर्षीय मनोज कार्की, सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालिका– १२ का ३१ वर्षीय नरेन्द्र तामाङ, सिन्धुली गोलञ्जोर– ७ का ३५ वर्षीय रत्नबहादुर माझी र ३४ वर्षीय विष्णुबहादुर माझी रहेका छन् ।

भक्तपुरको सूर्यविनायक चोकमा शङ्कास्पद तरिकाले हिँडिरहेका अवस्थामा उनीहरुलाई दुई थान बाघको छाला र करीब ७५ ग्राम भालुको पित्तसहित बुधबार साँझ ७ः३० बजे पक्राउ गरिएको महानगरीय प्रहरी परिसर भक्तपुरका सूचना अधिकृत प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिए ।

“जङ्गली जनावरको छाला र पित्त बेचबिखन गर्ने उद्देश्यले हिँडिरहेका उनीहरुको गतिविधि शङ्का लागेपछि जाँच गर्दा साँझ ७ः३० बजे उनीहरुलाई पक्राउ गरिएको हो”, प्रहरी नायब उपरीक्षक पोखरेलले भने ।

पक्राउ परेका पाँचै जनालाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय भक्तपुरमा बुझाइएको उनले बताए ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ८ : ३५ बजे

बुढासुब्बा गोल्डकप : धरानको पहिचान, युवा प्रतिभाका लागि सुनौलो अवसर

सुनसरी– बुढासुब्बा अन्तर्राष्ट्रिय आमन्त्रण गोल्डकप फुटबल प्रतियोगिता सुरु हुन केही

म्याग्दीमा ८६१ जना निर्वाचन प्रहरी छनोट

म्याग्दी– आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि म्याग्दीमा ८६१ जना निर्वाचन

बाँझो जमिन उपयोग गरेर तीते फापर खेती

खोटाङ– खोटाङको जन्तेढुङ्गा गाउँपालिकाले बाँझो जमिन उपयोगमा ल्याउँदै पहिलो पटक

साफ महिला च्याम्पियनसिप आजदेखि, उद्घाटन खेलमा बङ्गलादेश र भुटान भिड्दै

पोखरा– १९ वर्ष मुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता आजदेखि

तराई–मधेस द्रुतमार्ग निर्माण धमाधम (तस्बिरहरू)

काठमाडौं– तराई–मधेस द्रुतमार्ग (फाष्ट ट्र्याक) निर्माणको प्रगति ४५ प्रतिशत पुगेको