कोडिङ्ग तथा ह्याकिङकी महारथी वानचुन, जसले पहिले नै टेक कम्पनीहरुको फिचर चोर्थिन् « Khabarhub

कोडिङ्ग तथा ह्याकिङकी महारथी वानचुन, जसले पहिले नै टेक कम्पनीहरुको फिचर चोर्थिन्


१९ बैशाख २०७६, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

एजेन्सी– तपाईंले प्रयोग गर्दै आउनु भएको सामाजिक सञ्जाल फेसबुक, इन्स्टाग्रामलगायत विश्वभर चर्चित यस्ता थुप्रै प्राविधिक कम्पनीहरुले आफ्ना प्रयोगकर्ताका लागि ल्याउन लागेको नयाँ–नयाँ सुविधाका विषयमा पहिले नै जानकारीहरु आउने गर्छन् । फेसबुकले जब आधिकारिक रुपमा डेटिङ्ग फिचर लन्च गर्‍यो, त्यो भन्दा अगाडि नै विश्वभरका मानिसहरुलाई यसबारे जानकारी भइसकेको थियो ।

यस्तै, इन्स्टाग्रामले प्रोफाइल फोटोको साथै आर्गुमेन्टेड रियालिटीको प्रयोग शुरु गर्यो‍, त्यसबारे जानकारी पनि पहिले नै विश्वभर फैलिएको थियो । तपाईंलाई लागेको हुन सक्छ, यस्ता जानकारी सम्बन्धित कम्पनीले नै सार्वजनिक गरेका हुन् भन्ने ।

तर, त्यसो नभइ त्यस्ता कम्पनीहरुले ल्याउन लागेको नयाँ फिचरबारेको जानकारी दिनेमा हङकङकी साइबर ह्याकर जेन वानचुन वोङ्गको नाम पहिलो नम्बरमा आउने गर्छ ।

इथिकल ह्याकिङकी ज्ञाता तथा टेक्नोलोजी ब्लगर एवं एप अनुसन्धानकर्ता जेनले विश्वका ठूला–ठूला प्राविधिक कम्पनीले ल्याउन लागेका नयाँ–नयाँ फिचरबारे सबैलाई पूर्व जानकारी दिने गरेकी छन् ।

सम्बन्धित कम्पनीले आफ्नो नयाँ सेवाबारे जानकारी दिनु पूर्व नै उनले करोडौँ रकम खर्चेर ति कम्पनीहरुले बनाएको साइबर सुरक्षालाई तोड्दै जानकारी सार्वजनिक गर्ने गरेकी छन् । इन्टरनेटको सुरक्षा कोड तोडेर उनले कम्पनीको नयाँ फिचरबारेको जानकारी सार्वजनिक गरे पनि उनले सम्बन्धित कम्पनीलाई नोक्सान हुने कुनै पनि किसिमको कार्य भने गर्दिनन् ।

उनको मुख्य ध्यान भनेको कुन कम्पनीले कुन किसिमको फिचर ल्याउँदै छ भन्नेमा मात्रै केन्द्रीत हुन्छ । २४ वर्षीय उनले आफुले प्राप्त गरेको जानकारी तत्काल ट्वीटर हेण्डलमार्फत सार्वजनिक गरिहाल्छिन् । प्राविधि क्षेत्रसँग जोडिएका जानकारी छिटोभन्दा छिटो थाहा पाउन चाहने प्रविधिविद तथा सञ्चारकर्मीले उनलाई फलो गरेका छन् । ट्वीटरमा उनलाई फलो गर्नेको संख्या २६ हजारभन्दा बढी पुगेको छ । कुनै पनि एपको फिचरबारे चासो राख्नु उनको आदत बनेको उनी बताउँछिन् ।

जेनमा ह्याकिङ्गप्रतिको चासो भने घरमा भएको कम्प्युटरबाट भएको थियो । उनका पिताले कम्प्युटरमा चाइल्ड लक लगाएर राख्ने गरेका थिए । तर उनले उक्त कम्प्युटरको सेक्युरिटी लक तोडिदिने गरेकी थिइन् । उनका पिताले जुन हिसाबमा लक राख्ने गरेका थिए, उक्त लक त्यसअनुसारको सुरक्षित नभएको भन्ने पाठ उनी सिकाउन चाहन्थिन् । योसँगै शुरु भएको उनको ह्याकिङ चासो बढ्दै गयो । र, उनी अहिले कोडिङ्ग तथा ह्याकिङकी महारथी बनेकी छन् ।

प्रकाशित मिति : १९ बैशाख २०७६, बिहीबार  ९ : ०४ बजे

फिफा विश्वकप : कंगोविरुद्ध पोर्चुगललाई सुरुवाती अग्रता

काठमाडौं । फिफा विश्वकप २०२६ अन्तर्गत आफ्नो पहिलो खेलमा पोर्चुगलले

चीन भ्रमण सकेर परराष्ट्रमन्त्री खनाल स्वदेश फिर्ता

काठमाडौँ । परराष्ट्रमन्त्री शिशिर खनाल चीनको चारदिने औपचारिक भ्रमण सम्पन्न

इरान-अमेरिका द्वन्द्वपछि युएईका एयरलाइन्सले घोषणा गरे विस्तारित यात्रा बीमा योजना

काठमाडौँ । मध्यपूर्वमा जारी द्वन्द्वको प्रभावपछि यात्रुलाई आकर्षित गर्न संयुक्त

तुइन खोलामा पहिरो, नारायणगढ-मुग्लिन सडक एकतर्फी अवरुद्ध

काठमाडौँ । नारायणगढ– मुग्लिन सडकखण्ड अन्ततर्गत तुइन खोलामा पहिरो खस्दा

सरकारलाई ‘पापड’को खबरदारी

काठमाडौं । शान्ति र लोकतन्त्रका लागि पेसागत सञ्जाल (पापड) ले