बोल्ड देखिएकी बर्षाका यी तस्वीरले जित्यो दर्शकको मन « Khabarhub

बोल्ड देखिएकी बर्षाका यी तस्वीरले जित्यो दर्शकको मन


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेठ ३ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘जात्रै जात्रा’ले हाल विदेशमा रहेका दर्शकको मन जितिरहेको छ । नेपालमा दर्शकको राम्रो साथ पाएको चलचित्रले विदेशमा पनि दर्शकको राम्रै साथ पाइरहेको छ  ।

अष्ट्रेलियाका विभिन्न शहरहरुमा चलचित्र प्रदर्शनमा आएको हो । चलचित्रको अष्ट्रेलिया प्रदर्शनका लागि चलचित्रका कलाकारहरु पनि सँगै गएका हुन् । अष्ट्रेलियका विभिन्न शहर ब्रिसवेन, एडलेड, सिड्नी, मेलवर्न लगायत नेपालीहरुको बाक्लो बसाई रहेका शहरहरुमा चलचित्र ‘जात्रै जात्रा’ प्रदर्शनमा ल्याइएको हो ।

जात्रै जात्रा निर्देशक प्रदीप भट्टराईले भने ‘ विदेशमा रहेका नेपालीहरुबाट पाएको माया र साथ सहयोगले नेपाली चलचित्रको बजार नेपालमा मात्र होइन विदेशमा पनि उत्तिकै रहेको प्रष्ट भएको छ ।’

चलचित्र प्रदर्शनकै लागि निर्देशक भट्टराई, कार्यकारी निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँ, विपिन कार्की र वर्षा राउत अष्ट्रेलिया पुगेका हुन् ।

चलचित्र ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’मा विपीन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, दयाहाङ राई र वर्षा राउत मुख्य भूमिकामा छन् । सुन काण्डलाई चलचित्रले मुख्य कथा बनाएको छ ।

मनोरञ्जन प्रधान फिल्म जात्रै जात्रा ‘हिट’ भएपछि अभिनेत्री वर्षा राउतको फिल्मी करिअरमा एउटा इँटा थपिएको छ । त्यसो त वर्षा नेपालमा पनि चलेकी अभिनेत्री हुन् । उनी म्यूजिक भिडियोमा स्थापित बनेकी कलाकार हुन् ।

म्यूजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गरेकी वर्षाले चलचित्र ‘छक्का पञ्जा’ मा पनि अभिनय गरेकी थिइन् । उक्त चलचित्रबाट दर्शकको मन जित्न सफल भएकी वर्षाले चलचित्र जात्रै जात्राबाट पनि दर्शकको राम्रो साथ पाएकी छिन् । उनले सिर्जना कार्कीको ‘रोजेको मैले’ गीतमा गरेको मोडलिङ गरेर म्यूजिक भिडियोमा डेब्यू गरेकी थिइन् ।

हाल चलचित्र जात्रै जात्राको भन्दा पनि अष्ट्रेलियमा वर्षाको पहिरनको विषयमा चर्चा पाएको छ । उनले लगाएको कपडामा वर्षा निकै खुलेकी छिन् । हालै सार्वजनिक भएका उनका तस्विरबारे उनका केही फ्यानहरुले टिकाटिप्पणी गरे पनि अधिकांशले भने खुलेरै तारिफ गरेका छन् । उनका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

जात्रै जात्राको सफलताले दंग परेकी बर्षाले अष्ट्रेलियामा भएको शोको दौरानमा लगाएको यो पहिरनले उनी आलोचित पनि बनिरहेकी छिन् भने ट्रोलको शिकार समेत  भएकी छिन् ।

प्राय सिम्पल पहिरन र भूमिकामा रुचाईएकी बर्षाले उक्त शोको दौरान लगाएको पहिरनको कारण उनलाई बिवाह भन्दा बिवाहपछि झन बोल्ड बनेको भन्दै ट्रोल बनाइएका छन् । हुनत बर्षा ट्रोल भएको पहिलो पटक भने होइन तर पहिरनकै कारण ट्रोलको शिकार बनेको घटना भने  पहिलो हो ।

तस्बीर- कृष्ण श्रेष्ठ

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ६ : ४५ बजे

युवाका माग सम्बोधन गर्न लामो समयदेखि आवाज उठाएको छु : डा. कोइराला

काठमाडौं – नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाले युवाको माग

जीप दुर्घटनामा एकजनाको मृत्यु, एक जना घाइते

तनहुँ– तनहुँको म्याग्दे गाउँपालिका–४ कोलडाँडामा भएको जीप दुर्घटनामा एक जनाको

एकै दिन ४ महिनापछि दुई फिल्मले तोके जेठ १५ लाई प्रदर्शन मिति

काठमाडौं – जेठ १५ गते अर्थात् गणतन्त्र दिवसको सार्वजनिक बिदा

प्रशासनमा कहिले आउला डिजिटल युग ?

युग डिजिटलमय छ । समाजका तीनवटै पुस्ता डिजिटल बन्दै गएका

राष्ट्रियसभामा १७ सदस्यका लागि सातवटै प्रदेशमा मतदान जारी

काठमाडौं– राष्ट्रियसभामा आगामी फागुन २० गतेबाट रिक्त हुने १९ मध्ये