बोल्ड देखिएकी बर्षाका यी तस्वीरले जित्यो दर्शकको मन « Khabarhub

बोल्ड देखिएकी बर्षाका यी तस्वीरले जित्यो दर्शकको मन


१९ जेठ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 3 मिनेट


6
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– जेठ ३ गतेबाट सार्वजनिक प्रदर्शनमा आएको चलचित्र ‘जात्रै जात्रा’ले हाल विदेशमा रहेका दर्शकको मन जितिरहेको छ । नेपालमा दर्शकको राम्रो साथ पाएको चलचित्रले विदेशमा पनि दर्शकको राम्रै साथ पाइरहेको छ  ।

अष्ट्रेलियाका विभिन्न शहरहरुमा चलचित्र प्रदर्शनमा आएको हो । चलचित्रको अष्ट्रेलिया प्रदर्शनका लागि चलचित्रका कलाकारहरु पनि सँगै गएका हुन् । अष्ट्रेलियका विभिन्न शहर ब्रिसवेन, एडलेड, सिड्नी, मेलवर्न लगायत नेपालीहरुको बाक्लो बसाई रहेका शहरहरुमा चलचित्र ‘जात्रै जात्रा’ प्रदर्शनमा ल्याइएको हो ।

जात्रै जात्रा निर्देशक प्रदीप भट्टराईले भने ‘ विदेशमा रहेका नेपालीहरुबाट पाएको माया र साथ सहयोगले नेपाली चलचित्रको बजार नेपालमा मात्र होइन विदेशमा पनि उत्तिकै रहेको प्रष्ट भएको छ ।’

चलचित्र प्रदर्शनकै लागि निर्देशक भट्टराई, कार्यकारी निर्माता तथा कलाकार रविन्द्रसिंह बानियाँ, विपिन कार्की र वर्षा राउत अष्ट्रेलिया पुगेका हुन् ।

चलचित्र ‘जात्रा’को सिक्वेल ‘जात्रै जात्रा’मा विपीन कार्की, रविन्द्रसिंह बानियाँ, रविन्द्र झा, दयाहाङ राई र वर्षा राउत मुख्य भूमिकामा छन् । सुन काण्डलाई चलचित्रले मुख्य कथा बनाएको छ ।

मनोरञ्जन प्रधान फिल्म जात्रै जात्रा ‘हिट’ भएपछि अभिनेत्री वर्षा राउतको फिल्मी करिअरमा एउटा इँटा थपिएको छ । त्यसो त वर्षा नेपालमा पनि चलेकी अभिनेत्री हुन् । उनी म्यूजिक भिडियोमा स्थापित बनेकी कलाकार हुन् ।

म्यूजिक भिडियो हुँदै चलचित्रमा प्रवेश गरेकी वर्षाले चलचित्र ‘छक्का पञ्जा’ मा पनि अभिनय गरेकी थिइन् । उक्त चलचित्रबाट दर्शकको मन जित्न सफल भएकी वर्षाले चलचित्र जात्रै जात्राबाट पनि दर्शकको राम्रो साथ पाएकी छिन् । उनले सिर्जना कार्कीको ‘रोजेको मैले’ गीतमा गरेको मोडलिङ गरेर म्यूजिक भिडियोमा डेब्यू गरेकी थिइन् ।

हाल चलचित्र जात्रै जात्राको भन्दा पनि अष्ट्रेलियमा वर्षाको पहिरनको विषयमा चर्चा पाएको छ । उनले लगाएको कपडामा वर्षा निकै खुलेकी छिन् । हालै सार्वजनिक भएका उनका तस्विरबारे उनका केही फ्यानहरुले टिकाटिप्पणी गरे पनि अधिकांशले भने खुलेरै तारिफ गरेका छन् । उनका तस्वीरहरु सामाजिक सञ्जालमा भाइरल बनेका छन् ।

जात्रै जात्राको सफलताले दंग परेकी बर्षाले अष्ट्रेलियामा भएको शोको दौरानमा लगाएको यो पहिरनले उनी आलोचित पनि बनिरहेकी छिन् भने ट्रोलको शिकार समेत  भएकी छिन् ।

प्राय सिम्पल पहिरन र भूमिकामा रुचाईएकी बर्षाले उक्त शोको दौरान लगाएको पहिरनको कारण उनलाई बिवाह भन्दा बिवाहपछि झन बोल्ड बनेको भन्दै ट्रोल बनाइएका छन् । हुनत बर्षा ट्रोल भएको पहिलो पटक भने होइन तर पहिरनकै कारण ट्रोलको शिकार बनेको घटना भने  पहिलो हो ।

तस्बीर- कृष्ण श्रेष्ठ

प्रकाशित मिति : १९ जेठ २०७६, आइतबार  ६ : ४५ बजे

आणविक पूर्वाधारमा अस्ट्रेलियाको २.८ अर्ब डलर प्रतिबद्धता

सिड्नी– अस्ट्रेलियाले त्रिपक्षीय एयुकेयुएस सुरक्षा साझेदारीअन्तर्गत आणविक–सञ्चालित पनडुब्बी निर्माण क्षमतातर्फ

जसपाका केन्द्रीय सदस्यसहित समानुपातिक उम्मेदवार नै कांग्रेसमा

काठमाडौं- जनता समाजवादी पार्टी (जसपा) का समानुपातिक उम्मेदवारसमेत रहेका केन्द्रीय

विश्वप्रकाशको दाबी : कांग्रेसप्रतिको लहर बढ्दो छ, एक हप्ताभित्र बहुमत ल्याउने तहमा पुग्छ

काठमाडौं- नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले नागरिकले चाहेजस्तो बदलिएको कांग्रेसप्रति

एक करोड ९१ लाख मतपत्र छपाइ सकियो, अब करिब १२ लाख बाँकी

काठमाडौं– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि

किरात धर्मावलम्बीहरूको ‘भोट बैंक’ माङ्सेबुङमा बालेन पत्नी सबिना

काठमाडौं– झापा क्षेत्र नम्बर ५ मा राष्ट्रिय स्वतन्त्र पार्टी उम्मेदवार